समाजसेवी अर्जुनद्वारा जाल्पाश्वरी मा.वि.का विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

अनलाइन दर्पण 2021-12-25
img

श्रीकृष्ण बुढाथोकी ,दोलखा, १० पुस । दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरेमा स्थित जालपाश्वरी माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई जाडोबाट न्यानो बनाउन ज्याकेट वितरण गरिएको छ ।

नेकपा (एमाले) कालिञ्चोक गाउँपालिका सम्पर्क मञ्चका अध्यक्ष तथा डिलाइट सेक्युरेटी सर्भिसका सञ्चालक समेत रहेका बाबरेका स्थायी बासिन्दा अर्जुन बुढाथोकीले व्यक्तिगत सहयोगमा विद्यार्थीहरूलाई बिहीबार विद्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीच कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई ज्याकेट वितरण गरेका हुन् । ज्याकेट वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण पाण्डे, सिन्धुली निवासी व्यवसायी लालु बैजु, युवा नेता राजकुमार पाण्डे, स्थानीय बुद्धीजीवीलगायतको उपस्थिति थियो ।

आफूले कखरा पढेको र जन्मेहुर्केको ठाउँमा थोरै भए पनि योगदान गर्न पाएकोमा उनले खुशी व्यक्त गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका छन् ।

सम्बन्धित समाचार

Advertisement