कालिन्चोक गाउपालिकाको केन्द्र लापिलाङमा

अनलाइन दर्पण 2021-08-13
img

  सन्तोष खड्का

दोलखा, श्रावण -२९ । संघिय निर्बाचन, प्रदेश र स्थानिय तहको निर्बाचन पस्चात देशका अनेकौ भुभागले प्रदेश राजधानी,स्थानिय तहले आफ्नो केन्द्र घोषणा गरि भौतिक निर्माणका लागि केन्द्रिय ,प्रदेश र स्थानिय श्रोतको परिचालन गरि निर्माण गर्दै र कतिले सम्पन्न गरेर आफ्नो भबन बाट जनतालाई सेवा दिन थालेका छन र अझै नपुगेका भबन निर्माणका लागि श्रोत खोज्न केन्द्र र प्रदेशमा धाउन थालेका छन। 

हाम्रो कालिन्चोक गाउँपालिका को बिडम्बना आएको बजेट फिर्ता हुने र यहि केन्द्रको बिबादले गर्दा मतभेद त स्वभाबिक नै हो मनभेद सम्म हुने अवस्थामा पुगेको छ ।भिन्न पार्टीका कार्यकर्ता बिचमा बिभाजन स्वभाबिक हो तर एउटै पार्टीको नेता कार्यकर्ताको बिचमा पनि मत र मन बिभाजनको अवस्थामा पुगेको छ ।यो समस्याको समाधान समयमा नै नभएको र अब ढिला गरेमा राजनीतिक रुपमा अहिलेको सताधारी  स्थानिय पार्टीले ठूलो क्षति ब्यहोर्नु पर्ने अवस्था नआउला भन्न सक्ने अवस्था रहेको देखिन्छ । निर्णय त्यो पक्षले गर्ने हो जो जिम्मेवार छ त्यस्ले अन्य पक्षलाइ पनि समेट्ने प्रयास  गर्नु पर्छ तर हाम्रो समाजको पछौटे राजनीतिको कारण त्यो सम्भब त छैन किन भने हार्ने प्रतिनिधि जित्ने लाई असफल बनाउन लाग्छ उस्लाइ त्यो केन्द्रको कुरामा बिजय प्रतिनिधिलाई जस दिन चाहादैन र उस्ले चारैतिर बाट राजनीतिक तिग्डम गरेर नै असफल बनाउन खोज्छ ।।

अत: कालिन्चोक गाउपालिकाको केन्द्र लापिलाङ मै किन त??

राजनीतिक कारण-:

कालिन्चोक गाउपालिकाको १देखि ९ वडाको मध्य भुभागमा रहेको छ लापिलाङ जहाँ कालिन्चोक १ देखि ४ सम्मको र ६ /७को आधा भुभागका जनतालाई सेन्टर पर्दछ ।राजनीतिक ,सामाजिक रुपमा पनि पछाडी रहेका जनताको बाहुल्यता रहेको यो भुभाग यस्लाइ अझ परिस्कृत गराउन र अन्य कालिनचोकको भुभागकै जनताको जीवन स्तर सरह बनाउनका लागि पनि न्यायकर साबित हुन्छ ।  

धार्मिक कारण -:

प्रसिद्ध कालिन्चोक भगवतीको नाममा राखिएको यो नाम रहेका दुई दिदी बहिनीको मन्दिर पनि यहि लापिलाङ मै अवस्थित रहेको छ बल्म्बु भगवती थान र देबिथान(गुमेसी भगवती ) यसरी धार्मिक रुपमा पनि यहाँ केन्द्र रहदा उपयुक्त हुन्छ ।

आर्थिक कारण  -:

कालिन्चोक गाउपालिका को जनतामा समृद्ध र बौद्धिक  जनताको बसोबास रहेको अन्य भुभाग भन्दा लापिलाङ अलि बढी पिछडिएको छ ।यहाका जनता अझ पनि आफ्नो जिबिको पार्जनका लागि भारतका भुभागमा छिर्न पर्ने बाध्यता रहेको उक्त बाध्यताको अन्तका लागि केन्द्र गाउमा नै भएको खण्डमा आफ्नो गाउमा विभिन्न पेसा ब्यबसाय गरेर जिबिको पार्जनको लागि होटल ,होम  स्टे,स्थानिय सामाग्री निर्माण र बेचबिखन गरेर आफ्नो व्यबहार निर्बाह गर्न सहज र सानो सहर निर्माण हुन्थ्यो ।

सामाजिक कारण -:

लापिलाङ थामी भाषा बाट राखिएको हो जस्को अर्थ (पबित्र भुमी ) भने बुझिन्छ यसरी दोलखा जिल्लाको कुना कन्तरामा थामी समुदाय बस्ने भए पनि सबै भन्दा बाहुल्य यहि भुमी भएकाले पनि लापिलाङ लाई केन्द्र बनाउदा सबै लाई सम्मान जनक न्याय प्राप्त भएको अनुभूति हुने थियो ।

अहिले प्राकृतिक बिपत्तिले पनि कालिन्चोक गाउपालिका अन्तर गत रहेको लापिलाङ क्षतिपुर्ण अवस्थामा रहेको छ ।देशको जति बजेट लगेर हाले पनि त्यहाको पहिरोलाई रोक्न सक्ने अवस्थामा छैन त्यहा २२/२५ घर परिवार बिस्थापित भै सकेका छन र अन्य पनि बिस्थापित हुने अवस्थामा रहेका छन भएको घर र जग्गा सबै पहिरोले लागि सकेको छ ।अब पुनःस्थापनको लागि उपयुक्त जमिन र सरकारले घर  नबनाउने हो भने त्यहाका जनता घरबिहिन हुने छन ।

यस्ता समस्याको बाबजुद पनि त्यहाको स्थानिय सरकारले प्राकृतिक प्रकोप र कोभिड -१९ को बेलामा लिएको नेतृत्व सरहनिय रहेको छ । बिकासको आधारभुत कार्यहरु सकिएका र अब त्यस्लाइ फिनिसिङ(पुर्णता दिन ) मात्र बाकी रहेको छ।

सम्बन्धित समाचार

Advertisement