भक्तपुर: मध्यपुरथिमिस्थित ओस्ला नेपालले नगर क्षेत्रका मुर्त/अमुर्त कला, संस्कृति, धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, पुनर्निर्माण तथा पर्यटकीय गन्तव्य बनाउने नगरपालिकाकाे अभियानमा साथ सहयाेग पुय्राउदै आईरहेकाे छ ।
शनिबार आयाेजित ओस्ला नेपालकाे दाेश्राे साधारण सभा तथा प्रथम अधिवेशनमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले उक्त अनुभुती व्यक्त गरेका हुन् ।
हेरटाज वाक, धिमेवाजा प्रतियोगिता आदि महत्वपूर्ण कामगर्दै सामाजिक रुपान्तरणकाे लागि सेवारत संस्था ओस्ला नेपालले जागृत युवाहरुलाई स्वयंसेवककाे रुपमा परिचालन गर्न सफल हुँदै आएकाे छ।
साे प्रथम अधिवेशनबाट आगामी अवधिकाे लागि पुन: समाजसेवी राजेश श्रेष्ठकाे अध्यक्षतामा नयाँ कार्यसमितिको पदाधिकारी चयन गरिएकाे छ।
जसअनुसार अधक्ष्य, उपाध्यक्ष, सचिव र काेषाध्यक्षमा क्रमश: राजेश श्रेस्ठ, सुशील जाेशी, राेशन बज्राचार्य र दिकेश बज्राचार्य चयन भएका छन् भने सदस्यहरुमा राम सुन्दर श्रेष्ठ, नन्द श्रेष्ठ, इश्वर लाल श्रेस्ठ र शम्भुजय श्रेस्ठ चयन भएका छन् ।
कार्यक्रममा संस्थाकाे प्रगति प्रतिवेदन रआगामी कार्य याेजनाबारे जानकारी प्रस्तुत गरिएकाे थियाे ।