झापा । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
१२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा कन्काई नगरपालिका-३ मिलनचोक बस्ने ४६ को अबिचन्द्र मैनालीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
छिमेकीको घरमा गत जेठ १५ गते टिभी हेर्ने क्रममा मैनालीले ती बालिकालाई जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।