थप २४०१ जनामा कोरोना संक्रमण, ३६६० जना डिस्चार्ज

अनलाइन दर्पण 2021-06-19
img

काठमाडौँ, ५ असार । थप २ हजार ४ सय १ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५७ हजार ६ सय १८ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ हजार ६ सय ६० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख  ५३ हजार ३ सय ४२ जना रहेको छ । आज ४१ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ जना पुगेको छ ।

सम्बन्धित समाचार