सिन्धुपाल्चोकका दुई प्राथमिक स्वास्थ्य केन्द्रलाई साेमवार सभामुख अग्निप्रसाद सापकोटाले अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएकाे छ । सिन्धुपाल्चोककाे बाह्रबिसे नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र र बलेफी गाउँपालिकाको जलविरेमा रहेको जलविरे प्राथमिक स्वास्थ्य केन्द्रलाई सामग्री हस्तान्तरण गर्नु भएको हो ।
जलविरे स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएका सामग्रीमा डिजिटल एक्सरे (यु एस जी र ई सि जी) मेसिन सहित महत्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियाे भने बाह्रबिसे स्वास्थ्य चौकीलाई एन ९५ र सर्जिकल मास्क, गाउन, ग्लोब्स, फेससिल्ड, स्यानिटाइजर लयायत रहेका थियाे ।
सभामुख सापकोटाले बाह्रबिसे स्वास्थ्य केन्द्रको अवलोकन गरि नगरप्रमुख निमफुन्जो शेर्पा, उपप्रमुख सुशीला पाख्रीन र केन्द्रका निमित्त प्रमुख डा.अनिल कुमार राउतसँग केन्द्रमार्फत दिइएको स्वास्थ्य सेवा र त्यस स्वास्थ्य चौकीमा रहेकाे समस्या बारेमा जानकारी लिनु भएकाे थियाे । उहाँले स्वास्थ्य केन्द्रमा अभाव रहेको जनशक्ति परिपूर्ति एवं स्वास्थ्य केन्द्रको स्तरोन्नतीका लागि पहल गर्ने प्रतिवद्धता गर्नुभयो ।
त्यसैगरी जलविरे स्वास्थ्य चौकीमा सामग्री हस्तान्तरणपछि संक्षिप्त सम्बोधनका क्रममा सभामुख सापकोटाले देशले कोभिड–१९ र राजनीतिक संकट संगसंगै बेहोरिरहेको छ । यस्ताे समयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै हुन सक्ने क्षति कम गर्न सकिन्छ । त्यसैगरी सो अवसरमा सभामुख सापकोटाले स्वास्थ्य सामाग्री उपलब्ध गराउने रोटरी क्लबप्रति आभार व्यक्त गर्नु भयो ।
जलविरे स्वास्थ्य केन्द्रले प्राप्त गरेको सामाग्रीले ब्रम्हायणी करिडोरका बासिन्दाई उचपारमा सहज हुने माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुबोधले विश्वास व्यक्त गर्नु भयो ।
बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले आवश्यक भएर पनि गाउँपालिकाले गर्न नसकेको कामको पहल र उपलब्धताका लागि सभामुख सापकोटा, रोटरी र टिकाराम पराजुलीलगायत संलग्न सबैलाई धन्यबाद ज्ञापन गर्नु भयो । त्यसैगरी अध्यक्ष क्षेत्रीले केन्द्रलाई प्राप्त डिजिटल एक्सरे (यु एस जी र ई सि जी) सञ्चालनका अावश्यक जनशक्ति गाउँ पालिकाले उपलब्ध गराउने वताउनुभयाे ।
सभामुख सापकोटाको स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको वजेटबाट जलविरे प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधार विकासका लागि १५ लाख रकमान्तर गरिएको छ । यसअघि पनि चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नकाे र पूर्वाधार विकासका लागि १५ लाख रकमान्तर गर्नुभएकाेथियो ।