भक्तपुरका भूकम्प पीडितलाई रेडक्रसले बाड्यो १५ करोड

अनलाइन दर्पण 2017-04-27
img

भक्तपुर, १४ वैशाख । ०७२को  महाभूकम्पबाट पीडित बनेका भक्तपुरबासीलाई  नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले पन्ध्र करोड ३९ लाख नगद सहयोग वितरण गरेको छ ।
भक्तपुरका भूकम्प प्रभावित एक हजार ५ सय ३९ परिवारलाई प्रतिपरिवार  १० हजारका दरले पहिलो किस्तामा सो रकम वितरण गरिएको जिल्ला शाखाले जनाएको छ।

रेडक्रसले जिल्ला प्रशासन कार्यालय, नगरपालिका, वडा कार्यालय, नागरिक वडामञ्चका संयोजक तथा स्थानीय बुद्धिजीवीको समन्वयमा साविक नगरकोट, चाँगुनारायण, अनन्तलिङ्गेश्वर र सूर्यविनायक नगरपालिकाका २१ वडामा रकम वितरण गरिरहेको छ ।

 रेडक्रसका जिल्ला सभापति मनोजकुमार थापाका अनुसार पहिलो चरणमा वितरित रकमको अनुगमन गरी त्यसको सदुपयोग भएको सुनिश्चितता भएपछि दोस्रो चरणको रकम वितरण गरिनेछ । उनका अनुसार रकम प्राप्त गरेका भूकम्प प्रभावितहरुले आलुखेती, बाख्रापालन, बङ्गुरपालन, आधुनिक आरन सञ्चालन, पसल सञ्चालनलगायतका कार्य गरिरहेका छन् ।

अहिलेसम्म साविक चाँगुनारायण नगरपालिकाका वडा नं ४, ६, ९, ११ र १७, अनन्तलिङ्गेश्वर नगरपालिकामा १० र १३, नगरकोट नगरपालिकाको १, २, ३, ९ र १० वडामा पहिलो किस्ताको रकम वितरण भइसकेको छ ।

सम्बन्धित समाचार