उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो

अनलाइन दर्पण 2021-06-13
img

काठमाडौं, ३० जेठ । काठमाडौँ उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आइतबार त्यस्तो निर्णय गरेको हो। 

जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि लगातार निषेधाज्ञा छ। बैठकले अनलाइन डेलिभरी गर्न दिइने, खाद्यान्न पसलहरु बिहान ११ बजेसम्म खोल्न दिइनेलगायत निर्णय गरेको छ।

पुस्तक पसलहरु बिहान ११ बजेसम्म खोल्न पाइनेछन् भने हार्डवेयर पसल बेलुका ४ बजेपछि खोल्न दिने निर्णय पनि प्रजिअहरुले गरेका छन् l

सम्बन्धित समाचार