अमेरिका स्थित ओहियो बिश्वबिद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी युनियनको अध्यक्षमा दिपेन्द्र बुढाथोकी निर्बाचित भएका छन्।
भक्तपुर निवासी बुढाथोकी हाल ओहियो बिश्वबिद्यालयमा अध्ययनरत छन्। बुढाथोकी गणित बिषयमा पि एच डी अध्ययनको सिलशिलामा ३ बर्ष अघि अमेरिका पुगेका हुन्।
बुढाथोकी अमेरिका जानू अघि पेन्टागन ओपन स्कुलका प्रिन्सिपल समेत रहिसकेका छन्।
भक्तपुर क्याम्पसमा गणित बिषय अध्ययनरत रहँदा बुढाथोकी नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ भक्तपुर बहुमुखि क्याम्पस ईकाइ समितिका सचिब भएर काम गरेका थिए।