विवादीत जग्गामा नगरपालिकाकाे भवन शिलान्यास, पिडित भन्छन् हामीलाई उठिवास लगाईयो

अनलाइन दर्पण 2021-02-16
img

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो भवन विवादीत जग्गामा शिलान्यास गरेको छ । नगरपालिकाले भव्य कार्यक्रम गर्दै वर्षौदेखि मुद्दामा नै रहेको ढुंगाना परिवारको जग्गामा भवनको शिलान्यास गरेको हो । चाँगुनारायण नगरपालिका वडा नम्वर ५ खरिपाटी छालिङको घुमाउनेमा नगरपालिकाले ४१ करोड लागतमा बन्ने भवनको शिलान्यास गरेको हो । ३० रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त भवनको मंगलबार जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख विना बास्तोला, नेपाली कांग्रेसबाट नगर प्रमुखको प्रत्यासी उम्मेदवार राजाराम खड्काले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

नगरपालिकाले भवन शिलान्यास गरेको जमिनमा स्थानीय लिलानाथ ढुंगानाले हालसम्म पनि मुद्दा लड्दै आएका छन् । आफ्नो चिर भोगको जमिन दर्ता गरी पाउँ भनी आफूहरु हालसम्म पनि उच्च अदालत पाटनमा मुद्दा लडी रहेको बताए ।

२०७५ पुस २५ जिल्ला अदालत भक्तपुरको ठहर खण्डमा समेत उक्त १५ रोपनी जुन नगरपालिकाले शिलान्यास गरेको हो उक्त जग्गा परम्परागत भोग चलन गर्दै आएको चिर भोगको जग्गा हो भनी ठहर गरेको उनले जानकारी दिए ।

"हामीलाई उठिवास लगाईयो"- स्थानीय लिलानाथ ढुंगाना

२०७३ चैत २२ गते भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको अध्यक्षतामा बसेको मालपोत नापी अदालत वन लगाएतका बैठकले समेत भुकम्प पछि खुलेको स्वबासी जग्गा दर्ताको लागी पुननिर्माण प्राधिकरणमा निर्णय गरी पठाएको थियो तर जग्गा दर्ता हैन आफ्नो त घर बास नै जाने भयो उनले गुनासो गरे ।

उक्त जग्गाको हकमा २०३५ सालमा २१ सालको नापीमा छुट भएपछि तात्कालिन राजा विरेन्द्रलाई निवेदन गरि २०३८ चैत ३ गते मालपोत कार्यालय भक्तपुरले आयोग गठन गरेपछि जग्गा दर्ता गरि दिने निर्णया समेत गरेको थियो । तर त्यस उपरान्त कुनै पनि आयोग नै गठन भएको छैन । 

यता नगरपालिकाले भने आफूहरुलाई जग्गा दर्ताको लागि सहज गराउनुको सट्टा भुमी हिन नै बनाउन लागि परेको रुपक ढुंगाना बताउँछन् । उनका अनुसार हाल सरकार भुमी हिनको लागि आयोग बनाई काम गरि रहेको छ तर हामी पुखौं पुर्खा देखि बस्दै आएको जमिनमा भने नगरपालिकाले पेलेर उठिवास लगाउन लागेको उनले बताए ।

जग्गाको विषयमा मुद्दा विचाराधिन अवस्थामा नै रहेको अवस्थामा नगरपालिकाले भने डोजर लगाउँदै उक्त स्थानमा भवन बनाउनका लागि शिलान्यास नै गरेको छ ।

जग्गाको विषयमा मुद्दा त छ उहाँहरुले उच्च अदालतमा नगरपालिको भवन शिलान्यास रोकी पाउँ भनी निषेधाज्ञा हाल्नु भएको थियो तर उहाँहरुले हाल सम्म निषेधआज्ञाको टुङगो भने लगाउन नसक्नु भएको चाँगुनारायणका मेयर सोमप्रसाद मिश्रले बताए । उनका अनुसार यो सार्वजनिक जग्गा नै हो यसमा हामी नै मुद्दा जित्ने पक्का भएका कारण आफूहरुले भवन शिलान्यास गरेको जानकारी दिए ।

भवन शिलान्यास विवादको विषयमा चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्र

निषेधआज्ञाकालागि परेको निवेदनको भने फागुन ७ गते पेशी रहेको छ । २०४२ साल कार्तिक २१ गते तात्कालिन भुमी हेर्ने निर्माण तथा यातायात राज्य मन्त्री श्री प्रसाद बुढाथोकीबाट उक्त स्थानमा बस्दै आएका २४ घर धुरीलाई आफ्नै घर जग्गा भएकाले उठाउन नपाउने निर्णय भएको थियो । नगरपालिकाले भवन शिलान्यास गरेको क्षेत्रमा हाल ४४ घर परिवार बसोबास गर्दै आएका छन् । उनीहरु सबैको आफ्नो पुर्जा भने छैन तर सरकारी निर्णयबाट चिरभोगको नै जमिन हो भनी ठहर हुँदा हुँदै पनि नगरपालिकाले स्थानीयलाई उठीबास लगाउनु जायज नभएको स्थानीय बताउँछन् ।

सम्बन्धित समाचार