पत्रकार कुमार अछामीको उपचार सहयोगार्थ पाँच लाख हस्तान्तरण

अनलाइन दर्पण 2021-01-30
img

भक्तपुर । पत्रकार कुमार अछामीको उपचार सहयोगार्थ पाँच लाख हस्तान्तरण गरिएको छ। पत्रकार अछामी बचाउ अभियान अन्तर्गत आयोजित गजलकार विकास प्रहर र गजल गायक तथा संगीतकार राज सागरको संयुक्त प्रस्तुति विशेष एकल साँझका क्रममा कुमारकी आमालाई पाँच लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको हो ।

विभिन्न सहयोगि हातहरुबाट उठेको उक्त रकम कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले हस्तान्तरण गर्नुभएको हो ।

त्रिपुरा न्यूज साप्ताहिक पत्रिका तथा त्रिपुरा खवर डटकमका सम्पादक अछामी विगत नौ महिना देखि अस्वस्थ भएर अस्पतालमा उपचार गराई रहेका छन् । उनको कम्वर मुनीको भाग चल्दैन । दैनिक खर्च एवं आम्दानीको स्रोत केही नभएका उनलाई हाल आफ्नो उपचार गराउन नै धौ धौ भएको छ । उनको उपचारमा सहयोगार्थ आयोजना गरिएको एकल गजल साँझमा अछामीकी आमालाई पाँच लाखको चेक हस्तान्तरण गरिएको हो ।

पत्रकार कुमार अछामीको उपचारमा धेरै खर्च लागिसकेकोले आर्थिक स्थितिले उपचार खर्च धान्न नसकेका कारण प्रहरले विशेष गजल साँझ गरेको त्रिपुरा न्युज साप्ताहिकका प्रकाशक बिकास प्रहरले जानकारी दिए । उनले यस अघी पाँच पटक सम्म एकल गजल साँझको आयोजना गर्दै विभिन्न समाजिक कार्यमा जुट्दै आएका छन् ।

गजल साँझमा गायक तथा संगीतकार राज सागरले आफ्नो सुमधुर आवाजमा विकास प्रहरका विभिन्न गजलहरु गाउँदै साँझलाई रोमाञ्चक बनाएका थिए । कार्यक्रममा बिकास प्रहरको गजल बाचन गरिएको थियो।

प्रमुख अतिथि बरिष्ठ गितकार उपचारका क्रममा भारतमा रहेकाले भब्य ,सभ्य र कार्यक्रमले उद्देश्य प्राप्ति गरोस् भन्दै शुभकामना सन्देश पठाउनु भएको थियो। विशिष्ट अतिथि मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठले प्रमुख अतिथिको भूमिका निर्बाह गर्नु भएको थियो।

कार्यक्रमको सभापतित्व डिजिटल प्रिन्ट लिङ्गकका रामसुन्दर खाईजुले गरेका थिए ।

अछामीको उपचारका लागि अझै रकम अभाव रहेको छ । सो कारण उनलाई सहयोगको ठुलो खाँचो रहेका कारण उनलाई सहयोगका लागि सवैले आग्रह गरेका थिए ।

सम्बन्धित समाचार