यज्ञराज उपाध्याय, टीकापुर । आज मात्र कैलालीमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये टीकापुर नगरपालिकाका १० महिला र १९ पुरुष गरि २९ जना, लम्की चुहा नगरपालिकाका १ महिला र २ पुरुष गरि ३ जना, जोशिपुर गाउँपालिकाका ५ महिला र २ पुरुष गरि ७ जना, भजनी नगरपालिकाका १ पुरुष, मोहन्याल गाउँपालिकाका ३ महिला र ७ पुरुष गरि १० जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै धनगढी उपमहानगरपालिकाका ११ जना, गोदावरी नगरपालिकाका ३ जना र घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका २/२ जनामा कोरोना संक्रमण देखिएको हो ।
टीकापुर नगरपालिकामा पुष्टि भएका २९ जनामध्ये वडा नम्बर १ का ९ महिला र १५ पुरुष गरि २४ जना, वडा नम्बर ५, ७ र ८ का १/१ जना पुरुष रहेका छन् भने २ जना मोहन्याल गाउँपालिकाका कर्मचारी हुन् ।
टीकापुर नगरपालिकाका स्वास्थ्य शाखासंयोजल बल बहादुर रावलका अनुसार ५४ जनाको रिपोर्ट आउदा त्यसको आधामा कोरोना संक्रमण पुष्टि भएको हो । उनले अब चेकजाँच बढाए धेरैमा कोरोना देखिने समेत बताउदै संक्रमण समुदायस्तरमा फैलिसकेकाले सबैलाई सतर्क हुन आग्रह गरेका छन् ।