रामेछाप । उमाकुण्ड गाउँपालिकाको गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टर मार्फत निशुल्क उद्दार गरिने भएको छ । महिला बालबालिक तथा जेष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उमाकुण्ड गाउँपालिकाका गर्भवती र सुत्केरी महिलाको निुशल्क उद्दार गर्ने निर्णय गरेको हो ।
जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको उमाकुण्ड गाउँपालिकाका गर्भवती र सुत्केरी महिलाहरु यस भन्दा अघि समयमा उपचार गर्न अस्पताल पुर्याउन नसक्दा अकालमा ज्यान जाने गरेको गाउँपालिकाका उप प्रमुख उर्मीला कार्कीले बताउनु भयो । उहाँले भन्नु भयो प्रमुख जिल्ला अधिकारी ज्युले गाउँपालिकाको अनुरोधलाई चासोको रुपमा लिएर गर्भवती र सुत्केरी महिलाको निुशल्क उद्दार गर्ने निर्णय गराउनु भयो यो हाम्रो गाउँपालिकाको लागी ठुलो उपलब्धी हो । प्रमुख जिल्ला अधिकारी ज्युले गरेको यो कार्यको कारण अब गाउँपालिकाका महिला दिदि बहिनीले अकालमा ज्यान गुमाउने समस्या हट्ने आफुले विश्वास लिएको उपप्रमुख कार्कीले बताउनु भयो ।