आजबाट बडादशैं शुरु, घरघरमा घटस्थापना, नवदुर्गा भवानीको पुजा आरम्भ

अनलाइन दर्पण 2020-10-16
img

काठमाडौं, १ कार्तिक । नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । आजबाट नौ दिनसम्म नव दुर्गा भगवतिका शक्तिपिठहरुमा श्रद्धालुहरुको भीड हुने गर्दछ । तर विश्वभर फैलिएको कोभिड १९ संक्रमणको असर र यस बर्ष परेको छ । नवरात्रीको पहिलो दिन घटस्थापना पर्दछ ।

आज घरघरमा जमरा राखेर घटस्थापना गरिँदैछन। शास्त्रीय विधान अनुसार विधिवपूर्वक दशैं घर वा पूजा कोठामा कलश स्थापना गरि दुर्गा भवानीको आह्वान गर्ने गरिन्छ।

कलशलाई दुर्गा भगवतीको प्रतीकका रुपमा पूजा गरी नदीबाट ल्याएको पानी र बालुवामा धान, गहुँ, जौं आदि छरेर घटस्थापना गर्ने गरिन्छ।घटस्थापना गर्नु भनेको नवरात्रीको कालावधिमा ब्रह्माण्डमा कार्यरत शक्तितत्त्वको घटकलाई आवाहन गरि त्यसलाई कार्यरत गर्नु हो ।

जमरालाई देवी भगवतीको मनपर्ने फूलका रुपमा लिइन्छ। त्यसैले जमरा राखेको स्थानमा कलश स्थापना गरि अबको ९ दिन सम्म देवी दुर्गा भगवतीका विभिन्न ९ रुपको आराधना गर्ने गरिन्छ।

दशैंको पहिलो दिन आज शैलपुत्री देवीको पूजा गर्दै घटस्थापना गरिँदैछ। पर्वत राज हिमालयको पुत्रीका रुपमा जन्म लिएकीले उनको नाम शैलपुत्री रहन गएको शास्त्रमा वर्णन गरिएको छ। शैलपुत्रीको आराधना गर्नाले धन, सौभाग्य मोक्ष प्राप्त गर्नुका साथै रोग व्याधी र दीर्घ रोगबाट मुक्ती पाउने शास्त्रीय मान्यता रहेको छ।

सम्बन्धित समाचार

Advertisement