अंगद यादव/नवलपरासी पश्चिम, २७ असोज । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याललाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य ज्वरो र रुघाखोकी लागेपछि विगत केहिदिन देखि बस्याल घरमा बस्दै आएका थिए ।
बस्यालले बुटवलको नेश्नल प्याथल्यावमा स्वाव परिक्षण गरेको र कोरोना पोजेटिभ देखिएको बताएका छन । उनि अहिले होम आईसोलेसनमै रहेका छन ।
बस्यालले पछिल्लो पटक आफुसंग सम्पर्कमा रहेका सवैलाई सचेत र सजग भैदिन आग्रह गरेका छन।
आफ्नो स्वास्थ्यमा कुनै अफ्ठ्यारो नभएको र छिट्टै कोरोना विरुद्ध जीत हासिल गरेर फेरी जनताको सेवामा फर्किने भन्दै नगरवासीलाई कत्तिपनी हतोत्साही नहुन आग्रह गरेका छन ।
कोरोनाको विषयमा हेलचेक्रयाई नगर्न र सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन ।