लापिलाङ सेवा समिति द्वारा बाढीपिडितलाई आर्थिक सहयोग प्रदान

अनलाइन दर्पण 2020-09-30
img

  सरोज ठकुरी

असोज ३, दोलखा , कालिञ्चोक गाउँपालिका ५ का बाढीपहिरो पीडितहरुका लागि लापिलाङ सामाजिक सेवा समितिले आर्थिक सहयोग जुटाएको छ । काठमाण्डौंमा बसोवास गर्ने लापिलाङबासीहरुको साझा संस्थाले पीडितहरुका लागि १ लाख ४ हजार ५ सय रुपैयाँ सहयोग जुटाएको हो ।

उक्त सहयोग रकम संस्थाका अध्यक्ष विवेक कुमार खड्काले बिहिवार वडा अध्यक्ष सुवास थामीलाई हस्तान्तरण गरे । पीडितहरुका लागि एउटा कोषको रुपमा उक्त रकम जम्मा गर्ने र त्यसमा अन्य थप सहयोग जुटाएर पीडितहरुको समस्यामा खर्च गर्ने वडा अध्यक्ष सुवास थामी ले बताउनु भयो।

पीडितहरुका लागि थोरै भएपनि सहयोग पुगोस् भन्ने उदेश्यले उक्त सहयोग रकम काठमाण्डौंमा बसोवास गर्नेहरुबाट जुटाईएको अध्यक्ष खड्काले बताए ।यसै गरि गाउमा पनि विभिन्न पेसा ब्यबसाय गरेर बस्ने मानिसहरु बाट सक्दो सहयोग र श्रमदान गरेर पीडितहरुको  सहयोग गर्ने सेवा समितिको सचिब नरेश खड्काले बताउनु भयो ।अहिले बाढी पीडित हरु लापिलाङ मा बि बसि रहेको र उनीहरुको सहि बासस्थान निर्माण नहुन्जेल सम्म सबै ले सक्दो सहयोग गर्नु पर्ने बिध्यालयको प्र अ दिपक खड्काले बताउनु भयो

सम्बन्धित समाचार