श्रीकृष्ण बुढाथोकी ।भाद्र ३१,काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूमाथि यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गर्ने दोलखा जिल्लाकी नेकपा कार्यकर्ता बालिका खड्काले आफूले दर्ता गरेको मुद्दा फिर्ता लिएकी छिन् ।
यस अघि आफूलाई राईले यौन दुर्व्यवहार गरको कुरा उनले सार्वजनिकरुपमा नै भन्दै आएकी थिइन्।तर उनले काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् । आफूलाई अरुले उक्साएर मुख्यमन्त्री राईलाई त्यस्तो आरोप लगाएको हो उनले दर्ता गरेको निवेदनमा लेखेकी थिइन्।आफूलाई विपक्षी शेरधन राईले रिलेसनमा बसौं भनेको बताउँदै बालिकाले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा राईबाट अंश मागदाबी गरेकी थिइन् ।
युवतीको निवेदन र मुद्दा फिर्ताको कागज गरी बुझाएपछि जिल्ला अदालत काठमाडौंले राई विरुद्ध लागेको अंश मुद्दा खारेज गरी लगत कट्टा गरेको छ ।मुद्दा फिर्ता हुनसाथ उनले एभरेष्ट मिसन डट कमको समाचारलाई सेयर गर्दै लेखेकी छिन्।उहाको माघमा बिहे अरे लभ परेको छरे अनि मैले फिर्ता गरेको नि।