मुडुला कार्की सेवा समाजद्वारा मुटु रोग पीडित सुशान्तलाई आर्थिक सहयोग

अनलाइन दर्पण 2017-04-26
img

काठमाडौं ।  केही दिनअघि मुटुको अप्रेसन गरि त्रिवि शिक्षण अस्पताल,महाराजगञ्जमा उपचाररत बरहथवा नगरपालिका सर्लाहीका १३ वर्षिय सुशान्त कार्कीलाई मुडुला कार्की सेवा समाजले उपचारका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

उनको घरको आर्थिक स्रोतले उपचार गर्न सक्ने अवस्था नभएपछि समाजले सहयोग गरेको हो । उक्त रकम समाजकी  उपाध्यक्ष अम्बिका कार्कीको  बिशेष पहलमा संकलन गरिएको थियो ।

कार्कीको उपचारका लागी देश तथा बिदेशमा रहेका मुडुला कार्कीहरुबाट सहयोग संकलन भएको हो । संकलित रकम मुडुला कार्की सेवा समाजकी उपाध्यक्ष अम्बिका कार्की, केन्द्रिय सदस्यहरु रितु कार्की, रघुविर कार्की र कमलध्वज कार्कीले मनमोहन कार्डियोथेरासिक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टर पुगेर हस्तान्तरण गरेका छन् ।

गतवर्ष मात्र स्थापना भएको समाजले आफ्नो स्थापनाकालको छोटो अबधिमानै  आफ्ना धेरै बन्धुहरुलाई समस्या पर्दा सहयोग गर्दै आएको छ । गतवर्ष करेन्ट लागेर दुवै हात गुमाएकी मेघा कार्कीलाई पनि समाजले सहयोग गरेको थियो । 

सम्बन्धित समाचार