परासीकि कोरोना संक्रमित ६५ बर्षिया महिलाको भैरहवा अस्पतालमा मृत्यु

अनलाइन दर्पण 2020-09-02
img

अंगद यादव/नवलपरासी पश्चिम ,१७ भदौ 

नवलपरासी पश्चिमकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जिल्लाको रामग्राम नगरपालिका वडा नं.-५ परासीकी ६५ बर्षिया महिलाको उपचारका क्रममा भिम अस्पताल भैरहवामा गएराती मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख गौरभ ढकालले जानकारी दिएका छन्  । यो संगै नवलपरासी पश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।

कोरोना पुष्टि भएपछि उहाँलाई भदौ १४ गते अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । मधुमेह र उच्च रक्तचापको समस्या भएकाले अस्पतालको आईसीयूमा राखेर अस्पतालले उपचार गरिरहेको उहाँको गएराती ९:४५ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर नारायण पोखरेलले बताए । यस अघि कोरोना संक्रमणकै कारण नेपाल्री कांग्रेस जिल्ला उपसभापति सुभासचन्द्र गिरीको पनि मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

Advertisement