भक्तपुर, १६ भदौ । पछिल्लो २४ घन्टामा भक्तपुरमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थपिएका ४८१ जना संक्रमित मध्ये ३० जना संक्रमित भक्तपुरका रहेका छन् ।
स्वास्थ्य कार्यालय भक्तपुरले जनाए अनुसार आज मध्यपुर थिमिकाे नगदेश, सागवारी, काैशल्टार, गठ्ठाघर, कुमाननी, मनाेहरा, निलवाराहि वडा नं. ५, ७ लगायतका स्थानमा (११ पुरूष/८ महिला) गरि १९ जना, सुर्यबिनायक नपामा (३ पुरूष/३ महिला) गरि ६ जना, भक्तपुर नगरपालिकामा (२ पुरूष/१ महिला) गरि ३ जना र चागुनारायण नपामा(१ पुरूष / १ महिला) गरि २ जना रहेका छन् ।
त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २३९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ७६८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २२ हजार १७८ पुगेको छ ।
नेपालमा हिजो (सोमवार) ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।