दोलखा २३, चैत्र । काठमाडौंबाट- चरिकोटतर्फ जादैँ गरेको यात्रुबाहक बस भीमेश्वर नगरपालिका ७ साखिने नजिकै दुर्घटना हुँदा ७ जना घाईते भएकाछन् । घाईते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
अरनिको सगरमाथा यातायातको बा २ ख ६२०४ नम्बरको बस बुधबार विहान सवा १० बजे तीर दुर्घटनामा परेको हो । घाईतेहरुको उद्धार गरेर दोलखा सामुदायिक अस्पतालमा ल्याईएको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण बस अनियन्त्रित भई दुर्घटना घटेको बसमा सवार यात्रुले बताएका छन् । सडक छेउको रुखमा बस अड्किन्दा धेरै ठुलो क्षती भने नभएको बुझिएको छ ।