निधिले नै पाउने भए दोस्रो वरीयता

अनलाइन दर्पण 2017-04-03
img


काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषदमा आफूपछिको वरीयतामा को भन्ने विवाद टुंग्याउने भएका छन् ।               
गत फागुन २६ मा राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीमा  नियुक्त भएदेखि प्रधानमन्त्रीपछिको वरीयतामा को भन्ने विवाद छ । ‘अब प्रधानमन्त्री दाहालले  वरीयता विवाद मिलाउँदै हुनुहुन्छ,’ स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई मंगलबारसम्ममा आफूपछिको वरीयतामा तोक्ने भएका छन् । 

थापालाई सरकारमा सहभागी गराएर आफूपछिको वरीयतामा राख्न खोजेपछि निधिले प्रधानमन्त्रीदेखि कांग्रेस सभापति शेरबहादुर देउवासम्मलाई भेटेर असन्तुष्टि जनाएका थिए । वरीयता विवादकै कारण मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित बनेको थियो । 

प्रधानमन्त्री कार्यालयको वेबसाइटमा निधि नै सिनियर
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइट ओपिएमसिएम डट जिओभी डट एनपीमा भने प्रधानमन्त्रीपछि निधि नै वरीयतामा दोस्रो सूचीमा छन् । त्यसपछि माओवादी नेता तथा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा तेस्रो र कमल थापा चौथो नम्बरमा छन् ।

सम्बन्धित समाचार