लकडाउनमा नागरिकलाई वितरण गरिएको राहत खर्च विवरण सुस्ता गाँउपालिकाद्वारा सार्वजनिक

अनलाइन दर्पण 2020-04-25
img

  अंगद यादव 

नवलपरासी पश्चिम, १३ बैशाख । जिल्लाको सुस्ता गाँउपालिकाले  कोरोना भाइरसको संक्रमण रोक्न जारी लकडाउनका कारण  प्रभावित भएका आफ्ना नागरिकलाई पहिलो चरणको राहत वितरण ्कार्यक्रम सम्पनन गरेको जनाएको  छ । 

विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस(कोभिड-१९) को रोकथाम, नियन्त्रण तथा उपचारको क्रममा सरकार द्वारा आवह्वान गरिएको लकडाउनका कारण ज्याला मजदुरी गर्न नपाई समस्यामा परेका यस गाँउपालिका भित्र रहेका विपन्न नागरिकहरु लाई पहिलो चरणमा १ हजार २ सय ८७ घर परिवारलाई राहत वितरणको सार्वजनिक गरिएको छ ।

क्वारेन्टाइन संचालन तथा व्यवस्थापन गर्नको लागि गाँउपालिकाबाट खरीद भएका खाद्य तथा अन्य सामाग्रीहरु मध्य हाल सम्म खरीद तथा रकम खर्चको भएको समेत सार्वजनिक गरिएको छ ।गाँउपालिकाले ९ लाख ७५ हजार ५ रुपैया बरावरको खर्च गरेको छ ।

पाँच जना रहेको परिवारलाई ५ केजी चामल, एक केजी दाल र आधा लिटर तेल उपलब्ध गराएको छ भने ६ देखि १० जना रहेको परिवारमा दोब्बर त्यस्तै दस भन्दा बढि परिवार संख्यामा तेब्बरका दरले पैकेज बनाएर लक्षित वर्गलाई खाद्यान्न वितरण गरेको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले बताउनु भयो ।

पाण्डेय अनुसार गाउँपालिकाको वडा न १ मा १९५, वडा न २ मा २४०, वडा न ३ मा २५०, वडा न ४ मा २०० र वडा न ५ मा ३५० गरि जम्मा १२ सय ३५ अति विपन्न घरधुरीमा, क्वारेन्टाइनमा बस्ने तथा विभिन्न मठ मन्दिरमा बस्नेलाई राहत वितरण गरिएको छ ।

विकास समृद्धिको सोच लिएर अघि बढ़ने गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले गाउपालिका भित्रका गाउबासीको प्रति एक रूपताका साथ सामान व्यव्हार गर्दै आएको बताएका छन ।

आफ्नो जनतालाई यो विपदीको बेला कसरी जोगाउन सकिने भनी चिन्तित रहेको बताउँदै गाउपालिका अध्यक्ष पाण्डेयले कोभिड़-१९ को संक्रमणबाट बच्न लकडाउन र सामाजिक दुरी एक मात्र विकल्प रहेको जिकिर गरे ।

सम्बन्धित समाचार

Advertisement