काठमाडौं । नयाँ शक्ति पार्टीले आफ्नो चुनाव चिन्ह आँखा नपाए निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको छ ।
नयाँ शक्तिको संघीय परिषदको दोस्रो पूर्ण बैठकको निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रमुख डा. बाबुराम भट्टराईले संविधान संशोधन नगरी चुनावबाट समस्याको समाधान हुन्छ भन्ने सरकारले ठानेको छ भने त्यसले देशमा ठूलो दुर्घटना निम्त्याउने बताए । उनले देशमा निर्वाचन गर्ने नै हो भने पहिले संघीय र त्यसपछि प्रदशेको गरी अन्तिममा स्थानीय तहको चुनाव गर्नुपर्ने माग गरे ।
नयाँ शक्तिले चुनाव चिन्ह बारेको आफ्नो माग पूरा नभए यही चैत २० गतेबाट निर्वाचन आयोग र सम्पूर्ण निर्वाचन कार्यालयहरुमा धर्ना दिने समेत चेतावनी दिएको छ ।