रामेछाप, ६ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५१ औ स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ रामेछापले खाद्ययन्न सामग्री वितरण गरेको छ ।
कोरोना भाइरसको संक्रमण रोक्न जारी लकडाउनका कारण सवारीसाधन नचलेपछि विभिन्न ठाउँमा रहेका श्रमिकहरु आफ्नो घर जानको लागि भोकभोकै यात्रा गरीरहेका पैदलयात्रीलाई थोरै भएपनि राहात पुर्याउने उद्देश्यले रामेछाप जिल्लाको मुख्य नाका सेलेघाटमा पानी, बिस्कुट, चाउचाउ, चिउरा, दालमोट, फ्रुटी लगायतका सामाग्री वितरण गरिएको नेविसंघ रामेछापका जिल्ला सचिब बिनोद बुढाथोकीले जानकारी दिनुभयो ।
अनलाइन दर्पण संग कुरा गर्दै उहाँले भन्नुभयो ‘कोरोना भाइरस रोगथाम तथा नियन्त्रणका लागि हामीले भिडभाड नगरी विभिन्न जनचेतना मूलक कार्यक्रम समेत गर्दै आइरहेको छौ । साथै आगामी दिनमा समस्याका परेका नागरिकको उद्दारमा जस्तोसुकै अबस्थामा पनि नेविसंघ पछि हट्ने छैन ।’
विश्वमै महामारीको रुप लिएको कोरोना भाइरस अर्थात (कोभिड-१९ ) को रोगथाम तथा नियन्त्रणका लागि बिगत ४ हप्तादेखि देश लकडाउनमा छ । लकडाउन लम्बिँदै जाँदा काठमाडौंबाट सयौं सर्वसाधारण पैदलै हिँडेर आफ्नो थातथलोतर्फ फर्किएका छन् । त्यसैगरी रामेछाप, दोलखा, सोलुखुम्बु, ओखलढुङ्गा लगायतका ठाउँमा काम गर्ने मजदुरहरु रामेछाप जिल्ला हुँदै आफ्नो घर जाने क्रममा हजारौँ मानिसहरु बिचबाटोमै अलपत्र अबस्थामा रहेका छन् । भने कतिपय यसरी यात्रा गर्नेहरुलाइ प्रहरीले रोकेर गृह मन्त्रालयलको आदेश भन्दै जहाँबाट हिँडेको त्यहीँ फर्काउने गरेको छ । यसरी पैदलयात्रा गरिरहेकाहरुले बाटोमा कतै पनि किनेर खाने वातावरण समेत नभएको औंल्याउदै उनीहरुको यात्रामा केही हदसम्म सहयोग होस भन्ने हिसाबले खाजा–पानीको व्यवस्था गरिएको स्वावियु सविच बिमल पौड्लले बताउनुभयो ।
नेविसंघको स्थानपना दिवस पारेर गरिएको उत्त राहत बितरण कार्यक्रममा नेविसंघ रामेछापका सचिब बिनोद बुढाथोकी, सुन्दर घिमिरे सहसचिब बिमल पौडेल , कोषाध्यक्ष युवराज सुवेदी, रामेछाप प्रदेशसभा ‘ख’ का अध्यक्षा उत्तम कार्की, रामेछाप प्रदेशसभा ‘क’ का उपाध्यक्ष सरोज श्रेष्ठ, विद्यार्थी नेता विनोद माझी र नेविसंघ ओखलढुङ्गाका सचिब कृष्ण सुवेदी सहितको टोलीको मुख्य भूमिका रहेको नेविसंघ रामेछापले बताएको छ ।