लिपियाधुराको विवाद समाधान हुन्छ: मन्त्री बाँस्कोटा

अनलाइन दर्पण 2020-01-01
img

भक्तपुर, १६ पुस । सुचना स‌ञ्चार तथा प्रविधि मन्त्री गाेकुल बाँस्कोटाले लिपुलेक, लिम्पियाधुरा नेपालको नै भएको दाबी गरेका छन् । प्रेस संगठन डडेल्धुरा जिल्ला शाखाद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा  मन्त्री बाँस्कोटालेसो कुराको दावी गरेका हुन् । 

विगतका तथ्यहरूमाथि छानबिन हुने र लिपियाधुराको विवाद पनि साम्मय हुने उनले जानकारी दिए । 

‘दार्चुलाको लिम्पियाधुरा, लिपुलेक क्षेत्र नेपालको भूमि भएकाले यस विषयमा द्विविधामा रहनु हुँदैन,’ उनले भने, ‘भारत सरकारलाई पत्र सम्प्रेषण गरिसकेकाले द्विपक्षीय छलफलबाट समस्या समाधान हुन्छ।’

उनले ब्रिटिस इन्डिया कालदेखि नै छुट्याइएका चिजहरु हेरेर आउनुपर्ने बताए । तथ्य र प्रमाणले के भन्छ हामीले त्यो स्वीकार्नुपर्ने मन्त्री बाँस्कोटाको भनाइ छ।

सम्बन्धित समाचार

Advertisement