सिन्धुली। सिन्धुलीको खुर्कोटमा प्रथम बृहत सिन्धुली खुर्कोट महोत्स भब्यताका साथ सुरु भएको छ । सुर्कोटको दिगो विकास अर्थतन्त्रको आधार कृषि जलस्रोत पर्यटन र उद्योगको पूर्वाधार भन्ने नाराका साथ पर्यटन वर्ष २०२० लाई लक्षित गरी कृषि पर्यटन औद्योगिक साँस्कृतिक तथा जुनार महोत्सव को प्रदेश नम्वर ३ का अर्थ मन्त्री कैलाश ढुंगेलले उद्घाटन गर्नु भएको हो ।
पुसको १९ गते सम्म ११ दिन चल्ने उक्त मेला खुर्कोट बजार नयाँ बसपार्कमा भई रहेको छ । खुर्कोट बजार ब्यवस्थापन संस्थाको आयोजनामा भई रहेको उक्त मेला गोलञ्जर गाउँपालिकाको संरक्षण रहेको छ भने मेलाको ब्यवस्थापन ममता कन्द्र नेपाल र जोडी इन्टरप्राईजेज प्रा.लिले गरेका छन् । खुर्कोटका विभिन्न संघ संस्थाहरुले सहयोग सुरु भएको मेलामा एक लाख भन्दा बढिले अवलोकन गर्ने अपेक्षा राखिएको छ ।
मेलामा विभिन्न ख्यातीप्राप्त कलाकारहरुबाट विभिन्न प्रस्तुती हुने ब्यवस्थापक ममता केन्द्र नेपालका अध्यक्ष संगम लामाले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुबाट विभिन्न प्रस्तुती हुने छ । मेलामा नृत्य, स्टेज सो लगाएत विभिन्न गायकहरुले गीत गाउने छन् ।
यस्तै मेलामा मौतका कुवा , रोटे पिंग, ड्रागन, मिकि माउस लगाएत विभिन्न खेलहरुको पनि ब्यवस्था रहेको अर्का ब्यवस्थापक जोडी इन्टरप्राईजेजका घनश्याम श्रेष्ठले जानकारी दिनुभएको छ । मेलामा विभिन्न एक सय भन्दा बढि स्टलहरु रहेको जानकारी गराउँदै उहाँले दैनिक उपभोग्य समाग्री हरु एकै स्थानमा उपलब्ध भएकाले पनि मेला अवलोकनका लागि जो कोही पनि आउनु पर्ने बताउनुभयो ।
मेलामा २० प्रतिशत देखि ५० प्रतिशत सम्म विभिन्न छुटका साथ दैनिक उपाभोग्य सामग्री पाईने छन् ।
खुर्ककाेमा जारी मेलाको आज भब्यताका साथ सुरुवात गरिएको छ । विभिन्न कलाकाहरुको प्रस्तुतीका साथ सुरु भएको मेलाको उद्घाटन प्रदेश नम्वर तीनका अर्थ मन्त्री कैलाश ढुंगेलले गर्नुभएको थियो भने कार्यक्रममा प्रदेश सभा सदस्य प्रदिप कटुवाल, गोलञ्जर गाउँपालिका अध्यक्ष पुष्प कार्की, सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहल, फिकल गाउँपालिकाका अध्यक्ष धनवहादुर कार्की, वडा अध्यक्ष रोम वहादुर देवकोट , खुर्काेट बजार ब्यवस्थापन संस्थाका अध्यक्ष शेरवहादुर देवकोटा को सभापतित्वमा कार्यक्रम भएको थियो ।