बिस्केट र नयाँवर्षलाई लक्षित गरी भक्तपुरमा औद्योगिक मेला हुने

अनलाइन दर्पण 2017-03-27
img


हेमराज ढकाल,  भक्तपुर । नयाँवर्ष र भक्तपुरको ऐतीहासीक साँस्कृतीक बिस्केटको अवसरमा औद्योगिक तथा व्यापार मेलाको आयोजना हुने भएको छ । यहिचैत २२ देखि वैशाख २  गतेसम्मऔद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले मेलाआयोजना गर्ने भएका हुन् ।

उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले व्यापार मेलाआयोजना गर्न लागिएको औद्योगिक शान्ति नेपाल संस्थाका प्रमुख सन्दीप महतले जानकारी दिएका छन् ।

मेलाका संयोजक दीपक थापाका अनुसार अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानको स्टल समेत राखिने छन् ।
                       
मेलामा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री र पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने छन् ।

मेलामा विद्यार्थीको लागि प्रवेश शुल्क ३० र सर्वसाधारणको लागि ४० रुपैँयाताकिएको छ । अवलोकन   गर्न आउनेकालागिनिःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन  गरिने छ । 

करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन  गर्ने तथा रु १० करोड बरारबरको कारोबार हुने अनुमानगरिएको छ ।सल्लाघारीस्थित नेपाल ट्रस्टको नाममा रहेको ९९ रोपनीजग्गामा आयोजना गरिने मेलामा करिब २ सय स्टल रहने छन् । 

 

सम्बन्धित समाचार