‘सिन्धुपाल्चोकको पिछडिएका महिला-बालिकाको शिक्षामा दिगो सुधार गर्ने प्रयास गर्छु’- मिस नेपाल अनुस्का

अनलाइन दर्पण 2019-12-24
img

सिन्धुपाल्चाेक। मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठले हालै लण्डनमा सम्पन्न भएको मिस वल्र्ड पेजन्ट २०१९ मा आफुले महत्वपूर्ण विषयलाई उठाएको बताएकी छन् । उनले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मिस वल्र्ड पेजन्टमा गरेक प्रतिवद्धताहरु पुरा गर्ने समेत बताइन् ।

उनले सिन्धुपाल्चोकको पिछडिएको क्षेत्रमा महिला बालिकाको शिक्षाको अवस्थामा दिगो सुधार गर्ने काम गर्ने लक्ष्य लिएको बताइन् । त्यसका लागि आमाहरुको आर्थिक सुधारमा केन्द्रित भई बालिकाहरुको शिक्षामा जोड दिने समेत उनले बताइन् ।

मिस वल्र्ड २०१९ मा सबैभन्दा प्रतिष्ठित २ वटा शीर्षकहरु ‘ब्युटी विथ अ प्रपोस’ र ‘मल्टिमिडिया अवार्ड’ प्रात्त गर्न सकेको भन्दै आफुले नेपाललाई विश्वसामु चिनाउन प्रयास गरेको बताइन् । यसबाहेक श्रेष्ठ ‘हेड टु हेड च्यालेन्ज राउण्ड’ र १ सय भन्दा बढी मुलुकका प्रतिस्पर्धिहरुमा शीर्ष १२ स्थानमा पर्न सफल भएकी थिइन् ।

उनले नेपालले हरेक वर्ष महत्वपूर्ण उपाधि हासिल गर्र्दै गएको बताउँदै यसलाई सफलता मान्नुपर्ने बताइन् । गत वर्ष पनि मिस नेपाल वल्र्ड २०१८ श्रीङ्खला खतिवडाले पनि ‘मल्टि मिडिया अवार्ड’ सहित ‘ब्युटीविथ अ प्रपोस’ अवार्ड प्राप्त गरेकी थिइन् ।

नेपालले सन १९९७ देखि मिस वल्र्ड पेजेन्टमा भाग लिँदै आएको छ । 

सम्बन्धित समाचार