भक्तपुर, ८ पौष । भक्तपुर युरो किड्स सल्लाघारीमा पढीरहेका सबै वालवालिकालाई खेलकूदमा सहभागी गराउने उद्धेश्यले आयोजित सप्ताहव्यापी युरो किड्स खेल महोत्सव २०१९ सोमबार सम्पन्न भयो ।
सप्ताहव्यापी खेल महोत्सवमा शटपुट, लङ्गजम्प, ५० मिटर रिले दौड, रिले फ्रग जम्प, ५० मिटर दौड, डोरी तान (टग अफ वार), व्लाइण्ड फोल्ड, बेलुन ब्यालेन्सिङ्ग र टेवल टेनिस लगायतका खेल समावेश थिए ।
विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेले खेल महोत्सवको समापनका अवसरमा विजयी विद्यार्थीलाई पदक तथा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
खेल महोत्सव समापनका अवसरमा विद्यार्थीहरुले राष्ट्रिय भावनाका गीतहरुमा नृत्य समेत प्रस्तुत गरेका थिए ।