थाईल्यान्डमा आयोजित बक्सिङ प्रतियोगितामा स्वर्ण पदक हासिल गर्न सफल शंकर धमला गृह जिल्लामा सम्मानित

अनलाइन दर्पण 2019-12-21
img

धादिङ । थाईल्यान्डमा आयोजित बक्सिङ प्रतियोगितामा देशकालागि स्वर्ण पदक हासिल गर्न सफल निलकण्ठ-११ ज्यामरुङका शंकर धमला  सम्मानित भएका छन् । श्री शङ्खादेबी माध्यामिक विद्यालय, श्री शङ्खादेबी भुतपुर्ब बिधार्थी समाज एबंम निलकन्ठ न पा वडा नं ११ धादिङले संयुक्त रुपमा धमलालाई सम्मान गरेको हो। 

पुर्ब बिधार्थी शंकर धमलाले हालसालै थाईल्यान्डमा सम्पन्न मुई थाई किक बक्सिङ प्रतियोगिता अन्तरगत स्वर्ण पदक जितेको खुसियालीमा उक्त कार्यक्रममा आयोजना गरिएको थियो।

धमलाले चुमेको स्वर्ण पदक यो पहिलो भने होइन, गतबर्ष पनि उनले  अन्तर्राष्ट्रिय स्तरको स्वर्ण पदक नेपाललाई दिलाईसकेका छन् । यो उनको अन्तर्राष्ट्रिय प्रतियोगिता को दोस्रो जित हो। 

धमलालाई संयुक्त रुपमा प्रशंसा पत्र, दोसल्ला ओढाएर सम्मान गरिएको थियो। विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राम बहादुर श्रेष्ठ, भुतपुर्ब बिधार्थी समाजमा अध्यक्ष रामचन्द्र धमला, प्रधानाध्यापक नित्यनन्द सुवेदी लगायत  एबंम सयौं अभिभाबक, बिधार्थीको उपस्थिति रहेको भुतपुर्ब बिधार्थी समाजका सदस्य ज्ञान नारायण श्रेष्ठले बताउनुभयो,। 

साथै उक्त कार्यक्रममा सडक दुर्घटना परी ज्यान गुमाउनुहुने स्व: राजन धमलाको स्मृतिमा भुतपुर्ब बिधार्थीहरुको तर्फबाट २१० थान पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएको उज्जल धमलाले जानकारी दिए।

सम्बन्धित समाचार