वैद्य माओवादीले पनि चुनावमा भाग लिने

अनलाइन दर्पण 2017-03-27
img

काठमाडौं, १५ चैत । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको चुनावमा भाग लिने प्रस्ताव केन्द्रीय समितिमा  पेस गरेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

पार्टीको सोमबार देखी सुरु भएको केन्द्रीय समितिको  बैठकमा पार्टीको वैधानिक मोर्चालाई चुनावको कार्यनीतिको रुपमा उपयोग गरिने प्रस्तावमा उल्लेख छ । सो मोर्चाको प्रमुखमा सीपी गजुरेल रहेका छन् । 

पार्टीका अध्यक्ष मोहन वैद्यले तयार पारेको प्रस्तावमा रणनीतिकरुपमा भन्दा पनि कार्यनीतिकरुपमा चुनावलाई उपयोग गर्न सकिने विषय उल्लेख छ ।

सम्बन्धित समाचार