भक्तपुर व्यापारिक मेलामा अफर, ८५ हजारमा नयाँ स्कुटर

अनलाइन दर्पण 2019-12-03
img

भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्वर ७ महेश्वरी खेल मैदानमा मंसिर १३ गते देखि जारी मेलामा ८५ हजारमा स्कुटरा पाउन सकिन्छ । २३ गते सम्म चल्ने मेलामा न पेट्रोल चाहिने , वातावरण मैत्री स्कुटी विषेश छुटका साथ विक्री भई रहेको छ ।

वाहन अटो इन्टरप्राइजेजले मेलामा विषेश छुटका साथ २हजार वाटको ७२ भोल्टको इलेक्ट्रीक स्कुटी विक्रीका लागि राखेको छ ।

यो अफर केहि समयका लागि मात्र भएको वाहन अटोका बलराम प्रजापतिले जनाएका छन् । उनका अनुसार एक लाख भन्दा बढि पर्ने स्कुटी हामीले केवल ८५ हजारमा विक्रीका लागि राखेका छौं ।

स्वदेशी उत्पादनको प्रयोग गरौं विदेशी इन्धनको खपतमा कमी गराउँदै आफू साथै देशलाई ने धनी बनाउँ भन्ने नाराका साथ आफूहरुले विद्युतिय स्कुटी बाईक विक्री गर्दै आएको उनले जानकारी दिए । 

प्रजापतिका अनुसार आफूहरुले विद्युतिय स्कुटी र बाईकको पार्ट पूर्जा पनि विक्रीका लागि राखेको जानकारी दिएका छन् ।

पर्यटन बर्ष २०२० लाई लक्षित गरी ब्यापारिक साँस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला, भक्तपुर मेला महोत्सव–२०७६ मा उक्त स्कुटी पाउन सकिन्छ ।

साथै मेलामा विभिन्न सामान २० प्रतिशत देखि ५० प्रतिशत सम्म छुटका साथ पाउन सकिने आयोजक ममता केन्द्र नेपालका अध्यक्ष संगम लामाले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार