भक्तपुरको गुण्डूमा निर्मित पाथीभरा मन्दिर क्षेत्रमा द्वारकापुरी दिव्यधाम निर्माण हुने

अनलाइन दर्पण 2019-11-20
img

भक्तपुर, ४ मंसिर । भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डूस्थित नवनिर्मित मातापाथीभरा मन्दिर क्षेत्रमा द्वारकापुरी दिव्यधाम निर्माण हुने भएको छ ।

आगामी पाँचवर्षभित्र कार्यान्वयन गर्नेगरी निमार्मण हुन लागेको हो । गतअसोज १२ देखि २१ गतेसम्म सोही क्षेत्रमा लगाइएको शतचण्डी ज्ञान महायज्ञ गरी पाथीभार वैष्णोदेवीको मन्दिर स्थापना गरिएको थियो । सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटन विकास गर्नका लागि द्वारकापुरी दिव्यधाम निर्माण गर्न लागिएको हो ।

सो क्षेत्रमा सत्सङ्ग हल, गुरूकुल, यज्ञशाला, पाठशाला, गौशाला, धर्मशाला, प्रतिक्षालय, द्वारका कुण्ड र मन्दिर प्रवेशको आकर्षक द्वर र सबै गोत्रका ऋषिकामूर्ति स्थापना गरिने गरी गुरूयोजना बनाएको मन्दिर मूलव्यवस्थापन समितिका अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै नवगठित मातापाथीभरा वैष्णोदेवी मूलव्यवस्थापन समितिमाअध्यक्ष अजुर्न बस्नेत, उपाध्यक्ष रामकृष्ण श्रेष्ठ सचिव अम्बिका बस्नेत, कोषाध्यक्ष शारदा बस्नेत, सदस्य विष्णु लुबन्जार, पवित्रा बस्नेत र शिवबहादुर कार्की चयनहुनु भएको छ । गत दशैंमा लगाइएको शचण्डी महायज्ञबाट १४ लाख७४ हजार २८ रुपियाँ आम्दानी भएको छ ।

जसमा नौ लाख ७२ हजार ७२१ खर्च भएको र बाँकी रकम सानाकिसान कृषि सहकारी संस्थामा बचत गरिएको छ । पाथीभराको मन्दिर निर्माण भएपछि अहिले हरेक दुईदेखि तीनसय धार्मिक पर्यटकले मन्दिरको दर्शन गर्न आउन थालेको मूलव्यवस्थापन समितिका संक्षक अरबिन्द्र शास्त्रीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार