मन्त्री भट्टराईद्वारा तीन वटा विमानस्थलका ‘तीन वटा’ महत्वपूर्ण कार्यको घोषणा

अनलाइन दर्पण 2019-11-19
img

काठमाडौँ, २८ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल र निर्माणाधिन पोखरा विमानस्थल पर्यटन वर्ष २०२० लाई सफल बनाउने महत्वपूर्ण कार्य भएको उल्लेख गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले एक वर्षभित्र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनमा ल्याउने घोषणा गर्नुभयो । त्यस्तै मन्त्री भट्टराईले पोखरा क्षेत्रीय विमानस्थल पनि दुई वर्ष भित्र संचालनमा आउने गरी काम भइरहेको दाबी गर्नुभयो ।

उहाँले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपालको आर्थिक विकासको गतिलाई तीव्रता दिन सरकारले विमानस्थलहरुको निर्माण र स्तरोन्नतिको कामलाई जोड दिनु परेको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको कामलाई पनि तीव्रता दिइएको जानकारी दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबारे नकारात्मक टिप्पणी आउने गरेकाले त्यसको सुधारमा केन्द्रित हुनु परेको उल्लेख गर्नुभयो ।

सम्बन्धित समाचार