भक्तपुरमा लागुऔषध र नगदसहित ४ पक्राउ

अनलाइन दर्पण 2019-11-06
img

भक्तपुर । भक्तपुर प्रहरीले लागुऔषध, मोबाइल र नगदसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–९ का २० वर्षीय सौराज मल्ल, सोही ठाउँका २० वर्षीय सबिन भासी, भक्तपुर नगरपालिका–४ भेलुखेलका ४८ वर्षीय राजन भेले र भक्तपुर नगरपालिका–६ भोलाछेका १८ वर्षीय आयुष कस्ती रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

कार्तिक १८ गते भक्तपुर नगरपालिका–४ टौमढीबाट ९ थान एम्पुल र १९ गते भक्तपुर नगरपालिका–४ भेलुखेलबाट फेनेरागन ३८ थान एम्पुल, नुर्फिन ३६ थान एम्पुल, डाईजेल्याब ३९ थान एम्पुल, नाईट्राभेट १ पत्ता ९१५ ट्याब्लेट०, सिरिन्ज १० थान, मोबाइल १० थान र नगद ९ हजार रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरिएको पसिरसरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतिरमण पोखरेलले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार