अंगद यादव/ नवलपरासी पश्चिम १७ कार्तिक । आस्था श्रद्धा निष्ठ र सद्भावको महापर्व छठपर्व व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै छठ पर्वको समापन भएको छ । तराई लगायत नवलपरासी पश्चिमको विभिन्न छठ घाटमा आज विहान व्रतालुहरुले श्रद्धापुर्वक उदाउँदो सूर्यलाई अर्घ दिएसँगै विधिवध रूपमा यो पर्व सम्पन्न भएको हो ।
चार दिनसम्म मनाइने यो पर्वमा सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथों दिन अस्ताउदो सुर्यलाई अर्घ्य दिने चलन रहेको छ । नदि, नहर तलाव तथा पाेखरीमा घाट निर्माण गरी ब्रतालुहरुले सूर्यदेवको आराधना र उपासना गर्न गरेका छन् । सन्तानको प्राप्ति र लामो आयुका लागि गरिने छठ पर्व गर्दा छाला सम्बन्धी रोग समेत नलाग्ने भएकोले छठ पर्व मनाउने चलन रहेको छ जनविश्वास रहेको छ ।
अर्ध्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने गरिन्छ । सूर्यलाई दिइने अर्घ्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।
नदि, नहर तलाव तथा पाेखरीमा घाट निर्माण गरी ब्रतालुहरुले सूर्यदेवको आराधना र उपासना गर्न गरेका छन् । सन्तानको प्राप्ति र लामो आयुका लागि गरिने छठ पर्व गर्दा छाला सम्बन्धी रोग समेत नलाग्ने भएकोले छठ पर्व मनाउने चलन रहेको छ । यो सद्भावको पर्व पनि हो । तराई देखि पहाड सम्म लोकप्रिय बन्दै गएको छठपर्व उदाउदो सूर्यदेवको अर्घ्य दिएसंगै हर्षोउल्लासका साथ सम्पन्नता भएको हो ।