बालिका हराएको सुचना ! आफ्नै छोरी सम्झेर १ सेयर गरेर खोजि गर्न सहयोग गरिदिन बालिकाकी परिवारकाे आग्रह !

अनलाइन दर्पण 2019-11-01
img

सुस्तामा ढाई वार्षिय बालिका सोमबारदेखि बेपत्ता अझै सम्म पत्ता लागेन । 

अंगद यादव/ नवलपरासी । नवलपरासी पश्चिमको सुस्ताबाट सोमवार देखि एक बालिका सम्पर्क बिहिन भएकी छिन । सुस्ता गाँउपालिका वडा नं.- ५ बलिनगर बस्ने मारकाण्डे चौधरीको ढाई बर्षिय छोरी आदिती चौधरी साँझ ५ बजे देखि ६ बजेको बिचमा घरमै खेल्दै गरेको अवस्थामा बेपत्ता भएकि हुन । 

कार्तिक ११ गते देखि बेपता भएकी अादिती अहिले सम्म केही जानकारी नभएको परिवारजनले बताएका छन । स्थानीयबासी र प्रहरी द्वारा खोजी कार्य जारी राखिएपनि अहिले सम्म बालिकाको बारेमा केहि थाहा नभएको प्रहरी चौकी रामनगरले जनाएको छ । 

आदितीको खबर कहि कतैबाट नआएको र आफुहरुले आफ्नो सम्पुर्ण आफन्तीकोमा खोजी गरिसकेकाले बालिका कहि पनि फेला नपर्दा अपहरण गरिएको हो कि भन्ने आशंका उब्जिएको परिवारजनले बताएका छन् । 

छोरी घरको अगाडी खेलिरहदा आफुहरु घरको पछाडिको आफ्नै जग्गामा खनजोतको कार्य सकेपछि छोरी घरमा नभेटिदा चिन्ता बढने थालेको थियो । घरको वरपर र गाउमा नभेटेपछि रामनगर प्रहरीमा जनाएको छोरीको बुवा मारकाण्डेले बताउनु भयो । 

गाँउ नजिकै भारतको सिमाना भएको हुदाँ भारतीय प्रहरीसंग समन्वय गरी खोजी भईरहेको प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता बालिका आदितीले रातो टिसर्ट र कट्टू लगाएकि छन् । 

उनको खोजी कार्यमा सहयोग गरिदिनु हुन परिवारजनले सबैमा आग्रह पनि गरेका छ्न । कसैले ति बालिकालाई देखेमा नजिकको प्रहरी कार्यालय वा मोबाईल नम्बर ९८५७०१३७९३, ९८०७४९७३२९,९८६७४२७९७८, ९८७६१६५८१०, सम्पर्क गरि खबर गरिदिनको लागि परिवारजनले अनुरोध पनि गरेका छ्न ।

सम्बन्धित समाचार

Advertisement