भब्यरुपमा सम्पन्न भयाे नेकपाकाे चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम

अनलाइन दर्पण 2019-10-16
img

बिबेक चन्द ठकुरी/असोज २९ गते,काठमाडाै। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुधबार राजधानीको पर्दशनीमार्ग स्थित भृकुटी मण्डप पार्कमा भब्यरुपमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । 

दिउसो १२ बजे देखि सुरु हुने भनिए पनी करिब १ बजे पार्टीका सिर्षस्थ नेताहरु पुगे लगत्तै पार्टी अध्यक्ष पुष्पकमल दहाल (प्रचन्ड) र प्रधान मन्त्री केपी शर्मा ओली पत्नि राधीका शाक्य ओलीका साथ पुग्नु भएको थियो । चियापान तथा शुभकामना आदानप्रदान समारोहमा संकृतीक बाजाहरुको बिशेष प्रस्तुतिले अथितीहरुलाई स्वागत गरीएको थियो । 

कार्यक्रममा शुभकामना मन्तब्य दिदै अध्यक्ष प्रचण्डले यो कार्यक्रम बिशुद्व राजनैतिक संकृतिको रुपमा बिकास भएको साथै कुनै एक जाती,भाषीक,पार्टी तथा ब्यक्तिको नभै सबै राजनैतिक दल कार्यकर्ता र नेपालीहरुको सस्कार र संकृती रहेको पनि बताउनु भयो । साथै उहॉले गत २६ गते नेपाली कॉग्रेसको यस्तै कार्यक्रममा आफुहरुले उपस्थिती जनाई एक खालको राजनैतिक भाईचारालाई अझैं बलीयो बनाएको पनी बताउनु भयो । 

शुभकामना मन्तब्यकै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनी आफ्नो तर्फ बाट शुभकामना दिनु भयो । यस्ता कार्यक्रमहरु बिगत केही बर्ष अघिदेखि निरन्तर रुपमा चल्दै आएकोमा यसले पार्टी नेता, कार्यक्रता तथा अन्य पार्टीका सहकर्मी साथीहरुमा पनी एक किसीमको अशल मित्रवत सम्बन्ध कायम गर्ने भएकोले आउदा बर्षहरुमा पनी यस्ता कार्यक्रमहरुले अझैं ससक्तरुपमा निरन्तरता पाउनु पर्नेमा जोड दिनु भयो । 

उक्त कार्यक्रममा नेता तथा कार्यक्रताहरुको निकै बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा चिया तथा नास्ताको ब्यवस्था पनि गरीएको थियो । ब्यवस्थापन पक्ष बिगतका बर्षमा भन्द यस बर्ष धेरै सुधारात्मक रहेको थियो । कार्यक्रममा सुरक्षा प्रबन्ध पनी निकै चुस्त दुरुस्त देखिन्थ्यो । निकै चहलपहलका साथ चलेको उक्त कार्यक्रम बेलुका ५ बजे समापन भएको थियो ।

सम्बन्धित समाचार

Advertisement