भक्तपुरमा कार्तिक १ गते देखि भब्य ब्यापार मेला हुँदै

अनलाइन दर्पण 2019-10-15
img

भक्तपुर । भक्तपुरमा दिपावलीको अवसर पारी भब्य मेला हुने भएको छ । हाम्रो अभियान खेलको शान संस्कृति र समृद्दि भक्तपुरको पहिचान भन्दै आगामी कार्तिक १ गते देखि १२ गते सम्म भक्तपुरमा भब्य ब्यापार मेला हुने भएको हो । भक्तपुरको जगाती चोक देखि च्यामासिंह मार्गमा रहेको महेश्वरी खेल मैदानमा आगामी कार्तिक १ गते देखि १२ गते सम्म उक्त मेला हुने भएको ममता केन्द्र नेपालका अध्यक्ष संगम लामाले जानकारी दिनुभएको छ ।

आउँदै गरेका महान चाड दिपावलींलाई मध्यनजर गर्दै हुन लागेको उक्त मेलामा हाम्रा दैनिक उपभोगिय हरेका सामान पाउन सकिने आयोजक ममता केन्द्रका अध्यक्ष एवं मेला संयोजक संगम लामाले जानकारी दिनुभयो । भक्तपुर महोत्सव २०७६ एवं खेलकुद सप्ताहको आयोजना आउन लागको पर्यटन बर्ष २०२०लाई मध्यनजर गर्दै पर्यटकिय नगर भक्तपुरको महेश्वरी खेल मैदानमा १२ दिन लामो मेला हुन् लागेको उहाँले जानकारी दिनुभयो ।

मेलामा कराते प्रतियोगिता तथा विभिन्न खेलहरुको आयोजना हुने उहाँले जानकारी दिनुभयो ।
केन्द्रको आयोजनामा हुन लागेको मेलामा नेपालीहरुको महान चाड दिपावलीमा आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु एकै स्थानमा उपलव्ध गराउने उद्देश्यले हामीले उक्त महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो । महोत्सवमा २०० विभिन्न स्टलहरु रहने छन् । स्टलहरुमा लताकपडा , खेलकुदाका सामग्री , दैनिक आवश्यकिय सामग्रीहरु उपलब्ध गराईने छ । यस्तै मनोरञ्जनका खेलहरु पनि समाबेश हुने छन् । खेलमा रोटेपिङ, नाउ , ब्रेक डान्स, ड्राइगन, मौतका कुवा, भुत बंगला, मिकी माउस, जम्पीङ, विभिन्न जादु, लगाएतका विभिन्न बाल मनोरञ्जनका सामग्रीहरु समेत सामेल हुने लामाले जानकारी दिनुभयो ।

यस्तै स्थानीय एवं राष्ट्रिय स्तरका कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम दैनिक रुपमा हुने उहाँले बताउनुभयो ।

१२ दिन सम्म चल्ने मेलामा दैनिक उपभोग्य हरेक सामान पाउने साथै विभिन्न कलाकारहरुको प्रस्तुती साथै नृत्य प्रतियोगिता साथै कराते प्रतियोगित समेत हुने भएकाले मेला अझ रोमाञ्चक हुने अपेक्षा रहेको आयोजकले जनाएको छ ।

जगाती चोक बाट च्यामासिंह तर्फ सय मिटर नजिक रहेको महेश्वरी खेल मैदानमा हुन लागेको उक्त मेलामा भक्तपुर काभ्रे सिन्दुपाल्चोक दोलखा रामेछाप ललितपुर काठमाडौं लगाएतका जिल्लाबाट अवलोकनकर्ताहरु आउने अपेक्षा राखिएको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार