सोमबारदेखि काठमाण्डौमा बिजुली बस गुड्ने, यस्तो छ रुट

अनलाइन दर्पण 2019-09-08
img

काठमाण्डौ, २२ भदाै । सोमबारदेखि काठमाण्डौ उपत्यकामा बिजुलीबाट चल्ने बस गुड्ने भएको छ । निजी क्षेत्रको सुन्दर यातायातले सञ्चालनमा ल्याउने तयारी गरेको बिजुली बसको उद्घाटन सोमबार दिउँसो भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा हुनेछ ।

सुन्दर यातातातले ४० सिटे र ३५ सिटे गरी दुई प्रकारको  चारवटा बस सञ्चालनमा ल्याउने तयारी गरेको छ ।  बसमा आरक्षण सिट पनि सहजै पहिचान गर्न सकिन्छ । त्यस्ता सिटहरु यात्रुको चाप नहुने भागमा राखिएको छ । सीसी क्यामेराको प्रशस्त प्रयोग, जीपीएस ट्रयाकिङ, एयरकण्डिसनको सुविधाले झन् बसलाई अझ यात्रुमैत्री बनाउने सुन्दर यातायातले जनाएको छ । फोहोर व्यवस्थापनका लागि बसको सिटसँगै डस्टबिनको पनि व्यवस्था गरेको छ ।

यस्तो छ रुट

सुन्दर यातायातका विद्युतीय बस पहिलो चरणमा काठमाण्डौका ५ रुटमा गुड्ने छन् । पहिलो रुटमा बसहरुले चक्रपथ परिक्रमा गर्नेछन् । दोस्रो रुटमा नारायणथान, जावलाखेल–मेडिसिटी अस्पताल पुग्नेछन् ।

साथै तेस्रो रुटमा गोगंवु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछन् । चौथो रुट अन्तर्गत ढुंगेअड्डा–कलंकी–त्रीपुरेश्वर–वीर अस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशला–चावहिल–बौद्ध–जोरपाटीस्थित अत्तरखेलसम्म पुग्नेछन् ।

त्यसैगरी अन्तिम रुट सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमल रहेको छ ।

विद्युतीय बसको संख्या बढाउँदै लगेपछि सोही अनुसार रुट कायम गरिने सुन्दर यातायात सञ्चालन समितिले जनाएको छ।

सम्बन्धित समाचार