पचास हजार भन्दा बढी दर्शनार्थीको सहभागीता सहित कागेस्वरी महोत्सव भब्यताका साथ सम्पन्न

अनलाइन दर्पण 2019-09-08
img

काठमाडौं भाद्र २१। कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ को गागलफेदीस्थित ऐतिहासिक कागेश्वरी महादेव मन्दिरमा कागेअष्टमीका दिन लाइ लक्षित गरि बिशेष कार्यक्रमहरु आयोजना गरिएको थियो ।कागेअष्टमीको दिन अर्थात् भाद्र २० गते शुक्रबार बिहाननै मन्दिर परिसरमा पुगेका कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाका अनुसार   कागेश्वरी मनोहरा नगरपालिकाको नामकरणनै कागेश्वरी  महादेवको नाम बाट नै भएको भन्दै धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्न नगरपालिकाले काम अगाडी बढाएको र डिपीआर समेत निर्माण गरिएको बताउनु भयो।

नगरपालिकाले  कागेअष्टमीको  दिन सार्वजनिक बिदा समेत दिएको र नगरपालिका भित्रका सम्पुर्ण स्टेक होल्डर लाई परिचालन गरि धार्मिक र प्राकृतिक धरोहरको प्रबधन गर्ने बताउनु भयो । धार्मिक  पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि नगर पालिका प्रतिबद्द छ ,निकुन्जको कारण  विकास गर्न गाह्रो भए पनि सबै संग समन्वय गरेर अघि बढ्ने  र पहिलेको तुलनामा केहि पूर्वाधार विकासको काम भएको जानकारी गराउदै सिडी बार हाल्ने लगायतका कामहरु भएको जानकारी गराउनु भयो

नगरपालिकाको पहिचानसँग जोडिएको कागेश्वरी महादेव मन्दिरमा १९ देखि २१ गतेसम्म विशेष कार्यक्रम सञ्चालन  गरिएको पनि बताउनु भयो। जसमा भदौ १९ गते कागेश्वरी मन्दिरको महत्वका बारेमा कवि गोष्ठि गरी साहित्यिक कार्यक्रम सञ्चालन गरिएको  २० गते कागेअष्टमीका  दिन   कागेश्वरी महादेव मन्दिर महा मेलाको उद्घाटन सहित सास्कृतिक कार्यक्रम  र २१ गते मन्दिरको सरसफाइ गरिने कार्यतालिका  रहेको पनि बताए ।“तीनै दिन मन्दिरको महत्वका विषयमा धार्मिक प्रवचन र माहत्म्य हुन्छ यसले कागेश्वरी मन्दिरको महत्व अझै प्रष्ट पार्ने बिश्वास समेत ब्यक्त गर्नु भयो” ।

नेपाल भ्रमण वर्ष २०२० लाइ लक्षित गर्दै उपत्यकाका उत्कृष्ट गन्तब्य मध्यमा कागेश्वरी धामलाइ पनि पार्नको लागि लागि परेको ,महादेवका ६४ लिंगमध्ये एक प्रमुख रहेको कागेश्वरी महादेवको दर्शनले मनोकामना पूर्ण हुने आस्थाका साथ यहाँ भक्तजनको भीड  लाग्ने बताउदै  शिवपुरी राष्ट्रिय निकुञ्जभित्र रहेको कागेश्वरी पर्यटकीय तथा धार्मिक स्थलमा पुग्दा जो कोहीलाई  त्यहाँको मनमोहकताले मनै प्रफुल्लित गराई स्वर्गीय आनन्दको आभास गराउँने र समग्र उपत्यकाको मनमोहक दृश्यावली अवलोकन गर्न, स्वच्छ सुन्दर वातावरणको अनुभव लिन तथा आकर्षक ग्रामीण भेग नियाल्नको लागि पनि सो उपयुक्त स्थल रहेको  भन्दै  बार्है महिना आन्तरिक तथा बाह्य पर्यटक  आउने बतावरण निर्माणको लागि  नगरपालिका लागि  परेको पनि बताउनु भयो ।

साथै वडा अध्यक्ष मुकुन्द गजुरेल का अनुसार आगामी दिनमा पिकनिक स्पोट,ट्रेकिङ मार्ग र टावर भियु पोइन्ट को निर्माण र तिर्थ स्थलको प्रचार प्रसार प्रमुख काम रहेको जानकारी गराउनु भयो।

यहाँ प्रसस्त पानीको स्रोत रहेको र सहरी इलाकामा खाने पानी को समस्या लाई समाधान गर्न यहाको पानी लाई सदुपयोग गर्न सरकार लाई अनुरोध गर्नु पर्ने जनाउनु भयो।करिब एक लाख भक्तजनले दर्सन गरेको र आगमी दिनमा त्यसलाइ अझ बढाउने जानकारी दिनु भयो।

मेलामा व्यापार गर्न विभिन्न स्थान बाट व्यापारी आएका थिए उनिहरुका अनुसार व्यापार राम्रो भएको र अहिले ब्यापार गर्न ठाउको ब्यबस्थापन गरेको ले सजिलो भएको जानकारी दिए!

सम्बन्धित समाचार