नुवाकोट। एउटै परिवारका ६ जना दिदि बहिनी नेपाल प्रहरीमा जागिरे छन भन्दा धेरैलाई विश्वाल नलाग्न सक्छ । एउटै परिवारमा ६ जना छोरी हुन्छन् र भन्ने पनि धेरै होलान् तर सबैलाई अचम्म लागे पनि एउटै परिवारका ६ जना नेपाल प्रहरीमा भएको भने पक्का हो । तलाखु ९ नुवाकोटका एकै परिवारका ६ जना दिदिबहिनी नेपाल प्रहरीमा जागिरे छन् ।
नेपाल प्रहरीमा इलाका प्रहरी कार्यलय इटहरीमा गंगा अधिकारी गौली (असइ) छिन । जमुना अधिकारी कार्की, बेली अधिकारी बस्नेत, तारा अधिकारी बाँस्तोला (हवल्दार) छन । भने दुर्गा अधिकारी ढकाल, विष्णुदेवी अधिकारी (जवान) । हाल जमुना र विष्णु प्रहरीबाट अवकास लिएको अधिकारी परीवारले जनाएको छ ।