अंगद यादव/ नवलपरासी पश्चिम १६ भदौ ।
नवलपरासी पश्चिममा राजपा नेपालले महेशपुर भन्सार कार्यालय मार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै भारतीय सवारी साधनलाई ३६५ दिन नै भन्सार सुविधा दिनुपर्ने माग गरेको छ ।
भन्सार कार्यालयद्वारा भदौ १० गतेदेखि मोटरसाइकल तथा चार पाङ्ग्रे कार र बोलेरो जस्ता सानो सवारी साधनको बर्षमा ३० वटा सुबिधा र ३० वटा भन्सार मात्र लिन पाउने कार्यालयको प्रावधानको राजपा नेपाल नवलपरासीले बिरोध गर्दै पुरानै ब्यवस्था लागू गर्न कार्यालय मर्फत अर्थमन्त्रालयको ध्यानाकर्षण गराएका हाे ।
यसैगरी विष्णुपुरा र भुजहवा छोटि भन्सारमा सुविधाको व्यवस्था सुचारु गर्नुपर्ने, अनलाईन गर्नुपर्ने हो भने दक्ष र आवश्यकता अनुसारको कर्मचारी राख्न पनि माग गरिएको राजपा नेपालका जिल्ला संयोजक मुकुरजी गिरीले बताउनुभयो ।
नेपालमा भारतीय गाडीहरु पूर्णरूपमा आवतजावत गर्ने स-शुल्क भन्सार सुविधा हुनुपर्ने राजपा नेपालका जिल्ला कोषाध्यक्ष नगेन्द्र अग्रहरीले बताउनु भयो ।
एकातिर नेपाल सरकारद्वारा २०७६ साललाई पर्यटन वर्ष घोषणा गर्नको साथै भारतबाट बढी पर्यटक भित्रयाउन पर्छ भन्ने मान्यता राख्नु अर्को तर्फ भारतबाट आउने सवारी साधनलाई भन्सारको बहानामा अघोषित रोक लगाउने यस्ता कार्यबाट पर्यटन बर्षमा असर पुग्ने राजपाको दाबी रहेको छ ।
नेपाल भारतको सम्बन्ध कुनै राजा महाराजा वा नेताले बनाएको सम्बन्ध होइनन् यो स्वय दुबै देशका जनताले पूर्वकाल देखि बनाएको सम्बन्ध हो । यसरी भारतीय सवारी साधनमा रोक लगाउदा नेपाल भारतको खास गरी मधेश सम्बन्ध रोटी बेटीको रहेको मधेशमा बसोबास गर्ने जनताको शादी विवाह र अन्य संस्कृति तथा परम्परा माथि आक्रमण गर्न खोजिएको राजपाको आरोप रहेको छ ।
यस प्रकार आक्रमण हुनु जाने हो भन्ने र माग सम्बोधन नभएमा आन्दोलनको शिवाय अन्य कुनै विकल्प नभएको राजपाले चेतावनी दिएको छ ।
जिल्ला संयोजकको मुकुरजी गिरीको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलमा राजपाका महासचिव सुरेन्द्र पटेल, केन्द्रीय सदस्य पुरन चौधरी, अध्यक्ष मण्डलका सदस्य विजय अग्रहरी, रविन्द्र यादव, उपाध्यक्ष श्रीनिवास यादव, कोषाध्यक्ष नगेन्द्र अग्रहरी, जिल्ला सदस्य श्रीकान्त मिश्रा, जगदीश गुुप्ता लगायतको पनि सहभागिता थियो ।