सशस्त्र प्रहरीद्वारा दुई लाख बराबरको अबैध कुखुरा बरामद

अनलाइन दर्पण 2019-09-03
img

अंगद यादव/ नवलपरासी पश्चिम १७ भदौ।

 नवलपरासी पश्चिमको बनकट्टी करमिसवा नाका बाट अबैध रुपमा भारतबाट नेपाल ल्याउदै गरेको दुई लाख बराबरको अबैध कुखुरा सशस्त्र प्रहरी अाउट पोष्ट गुठी परसौनीले पक्राउ गरेको छ । 

सशस्त्र प्रहरी बिओपि गुठी परसौनीका प्रहरी निरिक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएको मोबाईल गस्ती टोलीले सोमवार राती भारतबाट अबैध रुपमा लु १ च ९२२० नम्बरको पिकअपमा नेपालतर्फ ल्याउदै गरेको सुस्ता गाउँपालिका वडा नं.- ५ बनकट्टीबाट बरामद गरेको थियो । 

बरामद गरिएको कुखुरा र गाडीलाई स्थानिय बासिन्दा तथा पत्रकारहरुको रोहबरमा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय महेशपुर पठाएको शसस्त्र प्रहरी गुठी परसौनीले जनाएको छ । त्यस्तै सोमवार रेगंहिया नाकाबाट एक सय पचास क्युन्टल केराउ र कपडा समातिएको थियो भने सोमवारनै साझ ३३ हजार बराबरको कुखुरा बरामद गरि नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार