खाेटाङकाे विकट गाउँमा जन्मेका विश्व उल्टाे माेटरसाईकल यात्री चित्रकुमार कार्कीलाई भारतको प्रसिद्ध नेस्नल एक्सिलेन्ट पुरुस्कार २०१९ र विश्व कीर्तिमानकाे प्रमाणपत्र समेत मिलेको छ । २००९ देखि उदयपुरको सदरमुकाम गाईघाटमा विभिन्न हाट बजारमा उल्टो माेटरसाईकल यात्रा गरेर सबैलाई चकित बनाउदै अाएका कार्कीलाई भारतको राष्ट्रिय पुरुस्कार छनाेट समितिले उचित ठहर्याएको जनाएको हो ।
नेपालको तर्फबाट गरिव असाहय अशक्त अपांगता भएको ब्यक्तिलाई समेत सेवा गर्दै अाएका कार्कीलाई यो सम्मान बाट सम्मानित गरिएको जनाइएको छ । २०११ मा शान्ति र संविधान युवाको अभियान भ्रष्टाचार मुक्त राष्ट्र निर्माण गराै पर्यटकलाई अाकर्षित गराै भन्ने नारा सहित मेचीदेखि महाकालीसम्मकाे यात्रा सम्पन्न गरेका कार्कीलाई विश्व रेकर्डकाे लण्डन कार्यालय र भारत शाखाले विश्व रेकर्डकाे प्रमाणपत्र हस्तान्तरण गरेको थियो ।
कार्कीलाई लण्डन, अमेरीका, भारत लगायत ४० भन्दा बढी देशका प्रतिनिधि तथा नेपालका उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले नेसनल एक्सिलेण्ड अवार्ड संगै विश्व किर्तिमानीकाे प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ ।
कार्की समाजिक क्षेत्रमा समेत सक्रिय भएको उनलेे बाढीबाट विस्थापितलाई ६ भन्दा बढी घर बनाउन महत्त्वपूर्ण भुमिका खेलेको बताइएको छ ।
कार्यक्रम भारतको मध्ये प्रदेशको इन्दाैर स्थित हाेटल म्यारिटकाे सभाहलमा सम्पन्न भएको विश्व कीर्तिमानी भारत शाखाका अध्यक्ष सन्ताेष सक्लाले बताएका छन् ।
कार्की अहिले कीर्तिमानी युवा संघ नेपाल केन्द्रीय अध्यक्ष समेत रहेको छन् । कार्की समाजिक क्षेत्र संगै पत्रकारितामा समेत अावद्द रहेको छन् ।