मृगौला पीडित उर्मिला तामाङलाई २१ लाख ८२ हजार ७८८ हस्तान्तरण

अनलाइन दर्पण 2019-08-28
img

रामेछाप। आर्थिकरुपले विपन्न रामेछापको दोरम्बा गाउँपालिका वडा ७ निवासी ३५ वर्षीया उर्मिला तामाङ बचाउन विभिन्नको सहयोगी मनहरुबाट संकलित रकम हस्तान्तरण गरिएको छ ।

उर्मिला तामाङ बचाउ अभियानअन्तर्गत मृगौला पीडित तामाङको सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रम तथा देश विदेशमा रहेका विभिन्न सहयोगीहरुबा उठेको २१ लाख ८२ हजार ७८८ उर्मिलालाई नै हस्तान्तरण गरिएको हो ।

अभियानकर्ताहरुले भक्तपुरको सूर्यविनायकमा पत्रकार सम्मेलन गरी सहयोग रकम हस्तान्तरण गरेका हुन।

दुई वर्षअघि तामाङका दुवै मृगौला फेल भएको चिकित्सकहरुले बताएका थिए । मृगौला पीडित तामाङको भक्तपुर दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको छ ।

उनलाई उनका श्रीमानले मृगौला दिने भएकाले प्रत्यारोपणको प्रक्रिया अघि बढाइएको अभियन्ता सुदिन दोङले जानकारी दिए ।

पैसाका कारण कोही पनि मर्नु नपरोस भन्दै आफूहरुले उनको उपचारमा लाग्ने सम्पूर्ण रकम उठाएको उर्मिला बचाउ अभियानका सक्रिय अभियन्ता विरेन्द्र विक्रम लामाले बताए ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमान सिं लामा , विषेश अतिथि तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकर , नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिब प्रविन बल , समाजसेवी आसमान वाइवा, विनयक दोङ ऋतुराज पाख्रिन, गीतकार कुमार स्याङवा, गायक उत्तर संकुल, गायक अभिषेश लामा, गायक जगत घिसिङ, डीवी दोङ, मिलन थिङ पाराङ, हेमन्त लामा, लगाएतका अतिथिहरुको उपस्थितीमा उक्त रकम विरामीलाई हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित समाचार