भक्तपुर । स्थानीय सरकार संचालन विधी तथा भुकम्प पछिको पुननिर्माणमा कसरी थप सहजिकरण गर्न सकिन्छ भनी स्थानीय निकायमा प्रतिनिधिहरु क्षमता अभिवृद्दि तालिम दिइएको छ ।
राष्ट्र निर्माण मन्च नेपालको आयोजनामा स्थानीय सरकार संचालन विधी तथा पुननिर्माणमा कसरी थप सहजिकरण गर्न सकिन्छ भन्दै तीन दिने आवाशिय क्षमता अभिवृद्दि तालिम दिईएको छ ।
नगरकोटमा आयोजित उक्त तालिममा सिन्दुपाल्चोकका दई गाउँपालिकाका जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो । बलेफि र इन्द्रावती गाउँपालिकाका जनप्रतिनिधिलाई स्थानीय सरकार संचालनमा आई परेका विभिन्न समस्या तथा भविश्यमा आई पर्ने समस्याहरु कसरी समाधान गर्ने भुकम्प पछिको पुन निर्माणमा आएका समस्या तथा उक्त समस्याहरुको समाधान कसरी गर्न सकिन्छ भनी तीन दिन सम्म विभिन्न विषयमा जानकारी दिइएको थियो ।
जनप्रतिनिधीहरुलाई पुननिर्माण सम्बन्धी नितीगत व्यवस्था र यस सम्बन्धी कानूनी व्यवस्था बारे बुझाउंदै भुकम्प पीडितलाई सेवा प्रवाहमा सहजीकरण होस भनेर कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
तालिममा स्थानिय निकायको अधिकार क्षेत्र भीत्र पर्ने स्थानीय कर, खरिद प्रक्रिया, न्याय निरुपण, र मेलमिलाप जस्ता विषयमा पनि स्थानिय निकायका जनप्रतिनिधीहरुलाई विषय विज्ञ व्यक्तीत्वहरुले बुझाउने प्रयास गरेका थिए । यस्तै नयाँ बनेका कानून तथा उक्त कानूनमा भएको विभिन्न उल्झनलाई जनप्रतिनिधिहरुले कसरी सर्वसाधारणमा सहजिकरण गर्न सकिन्छ भनी विभिन्न विषय विषय विज्ञहरुले जानकारी दिएका थिए ।
कार्यक्रममा राष्ट्र निर्माण मन्च नेपालका अध्यक्ष एवम अधिवक्ता निर्मल कुमार उप्रेतीले स्थानीय जनप्रतिनिधीहरुको क्षमता अभिवृद्दी गरी जनताको सेवा प्रवाहलाई सरल र सहज बनाइ जनताको न्यायमा पहँुच स्थापित गर्ने उद्देश्यका साथ स्थानीय सरकारलाई तालिम संचालन गरीरहेको जानकारी दिए ।कार्यक्रममा गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष ,वडाध्यक्षहरु ,न्यायिक समिति सदस्यहरु , कार्यपालिका सदस्यहरु, कर्मचारीहरु लगाएतका स्थानीय निकाय संग सम्वन्धितहरुको उपस्थिति रहेको थियो ।
स्थानीय निकायमा भएका विभिन्न उल्झनलाई कसरी समाधान गर्न सकिन्छ भनी आफूहरुले तीन दिनमा धेरै ज्ञान बटुल्न सफल भएको उपस्थित जनप्रतिनिधिहरुको भनाई थियो ।