अदालतले रवी सहित ३ जनालाई धरौटीमा छोड्यो, कसले कति तिरे ?

अनलाइन दर्पण 2019-08-26
img

चितवन । पत्रकार शालिकराम पुडासैनी आत्म हत्या प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा लागेका सञ्चारकर्मी रवि लामिछाने र  युवराज कँडेल धरौटी बुझाएर रिहा भएका छन् । अदालतले धरौटीमा छाड्न आदेश दिए लगत्तै रवि लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका छन्।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई  ५ लाख, कँडेललाई तीन लाख रुपैयाँ धराैटीमा रिहा गर्न आदेश दिएको हाे भने अर्का  आराेपी रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएकाे छ । सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

आत्महत्या गर्नुअघि पत्रकार पुडासैनीले रेकर्ड गराएको भिडियोको आधारमा चितवन प्रहरीले सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको थियो । मुद्दामा अभियुक्तहरुसँग अदालतले आइतबार र सोमबार गरेर दुई दिनसम्म बयान लिएको थियो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा उनीहरुको बयान सकिएपछि थुन छेकको लागि मुद्दाको पक्षमा र विपक्षमा वकिलहरुले बहस गरेका थिए ।

आत्महत्या प्रकरणमा संलग्न भएको आरोपमा चितवन प्रहरी र काठमाडौँ प्रहरीको संयुक्त टोलीले सञ्चारकर्मी लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनको कार्यालयबाट साउन ३० गते साँझ पक्राउ गरेर चितवन ल्याएको थियो । अर्की आरोपित अस्मिता कार्कीलाई भने साउन २९ गते नै प्रहरीले काठमाडौँको कलंकीबाट पक्राउ गरेको थियो ।

पत्रकार पुडासैनी साउन २१ गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । केही समय अघिसम्म पुडासैनी सिधा कुरा जनतासँग कार्यक्रमको टिममा थिए ।

सम्बन्धित समाचार

Advertisement