भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालका युवाहरुको पहलमा लिच्छवि कालदेखि अबरुद्ध भएको साँःपारु अर्थात गाईजात्राले यस वर्ष पनि निरन्तरता पाएको छ । आनन्द देव राजाले भक्तपुर नगरलाई हालको स्थानमा सारेपछि रोकिएको जात्रा केहि बर्ष देखि निरन्तर रुपमा मनाईदै आएको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालमा रहेको नगरलाई तात्कालिक विभिन्न समस्याका कारण हालको स्थानमा स्थानान्तरण गरिएको थियो । नगर सरे सँगै उत्त स्थानमा जात्राले पनि निरन्तरता पाउन सकेको थिएन ।
आनन्द देव राजाले भक्तपुर नगरलाई सुडालको ङाबुबाट हालको भक्तपुर नगर भएको स्थानमा सारेपछि विभिन्न जात्रा सहित गाईजात्रा पनि सुडालबाट सरेको थियो । सुडाल बाट हालको स्थानमा भक्तपुर नगर सरेपछि पुरानो बस्तीमा जात्रा सञ्चालन गर्न कठिन भएपछि जात्रा रोकिएको संस्कृतविद्हरु बताउँछन् ।
सुडालको नै दुई स्थानमा नगर भएको इतिहाँसमा नै उल्लेख रहेको छ । गाईजात्रा भक्तपुरबाट नै थालनी भएको थियो । सायद जात्राका रुपमा उक्त समय मनाईने गरेको गाईजात्रा नगर स्थानान्तरण भएसँगै हालको भक्तपुर नगरमा मनाउन थालिएको ईतिहाँसमा उल्लेख भएको सँस्कृती विधहरु वताउँछन् ।
संस्कृती विद् प्रोफेसर डाक्टर पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार सुडालमा हाल पनि अस्ट मात्रिका सहित ब्रम्हायणीको मन्दिर रही रहनुले पनि भक्तपुर नगरमा कुनै पनि धार्मिक काम गर्नु परेमा उक्त स्थानमा गएर पूजाआजा गर्नुपर्ने प्रचलन रहेकोबाट नगरको स्थानान्तरण सुडालबाट नै भएको प्रस्ट हुन्छ ।
उनले भने नवदुर्गाको मुकुटका लागि सुडालमा नै रहेको जेठी ब्रम्हायणीमा रातको समयमा गएर माटो ल्याई थालनी गर्ने परम्परा हाल सम्म पनि कायम नै छ । सुडालकै दुई स्थानमा अर्थात पहिला सुडालको गौथली चौरमा नगर हुनु पछी ब्रम्हाणी सहित सर्दै हाल सुडालकै ङाबुमा अस्टमात्रिका सहित सरेको नगर पछि अस्टमात्रिका सहित नै हालको स्थानमा सरेको पाईन्छ ।
विक्रम संवत ९३० मा लिच्छविकालिन राजा आनन्द देवले नगर सुडालको ङावुमा उडुसले दुःख दिएपछि हालको स्थानमा सारेका थिए । उनले नगर सारे सँगै रोकिएको जात्रा सुडालका स्थानीय बासिन्दा बुद्दिजिवी संस्कृतिविद एवं इतिहाँसको खोज गर्दै पुरानै अवस्थामा ल्याउन सञ्चालनमा ल्याईएको स्थानीय सहदेव साखकर्मीले जानकारी दिए ।
परापूर्व कालदेखि जुन सथानमा जात्रा सञ्चालनमा आएको जात्रालाई नयाँ पुस्ताले सञ्चालन गर्नु आजको आवश्यकता भएकोमा उनले जोड दिए । युवा पुस्ताले मात्र संस्कृतिको रक्ष गर्न सक्ने भन्दै उनले आगामी दिनमा भक्तपुरमा रहेका र लोप हुन लागेका सबै जात्रा तथा पर्वहरुको अनुसन्धान गरी पुनः सञ्चालनमा ल्याउन सवै सक्रिय भएर लाग्नु पर्ने उनी बताउँछन् ।
यस्तै भक्तपुरका अन्य नगरपालिकाका वडाहरुमा पनि गाईजात्रा निकाल्न थालिएको छ । भक्तपुर नगर सम्म जात्रा लैजान कठिन एवं भिड हुने र आर्थिक रुपमा पनि खर्चिलो हुने भएपछि भक्तपुरका ताथली, वागिश्वरी , सिपाडोल,दधिकोट साविक गाविसहरुले गाविस रहँदा देखि नै जात्रा आफ्नै स्थानमा थालनी गरेका थिए । हाल नगर हुँदा पनि आआफ्ना वडाहरुमा नै उक्त जात्रा यस वर्ष पनि निकालेका छन् ।
जनधनत्को वृद्धि संग संगै आआफ्नै क्षेत्रमा मृतकको सम्झना गर्दै जात्रा निकाल्नु सहारनिय भएको संस्कृतिविधहरु बताउँछन् ।
भक्तपुर नगर भन्दा बाहिर पनि यस जात्रालाई धुमधामका साथ मनाईएको छ । घिताङकिसी नाच एवं विभन्न नाच बाजा जागा अनी विभिन्न गाईका प्रतिमा बनाई दिवगंत आत्माको सम्झना गर्दै आआफ्नो स्थानमा जात्रा निकालिएको हो । नेवार समुदायले मात्रा बनाउने यस जात्रामा जात्रा भर्न भने विभिन्न जात जाती भाषा धर्मीहरुको उपस्थिती हुने गरेको छ ।
लिच्छविकालिन राजा आनन्द देवको पालादेखी अवरुद्ध भएको सो जात्रा २०६९ सालबाट पुनः संञ्चालनमा ल्याईएको थियो ।